फासिवादी बन्दै ओली-दाहाल गठबन्धन सरकार, क्रान्तिकारी शक्तिमाथि दमनको तयारी

काठमाडौँ । आफूलाई वामपन्थी तथा कम्युनिष्ट भनाउने एमाले र माके गठबन्धनको केपी ओली नेतृत्वको सरकार फासिवादी दिशामा अग्रसर हुँदै गएको छ । सरकारको नेतृत्व सम्हाल्ने वित्तिकै ६ फागुनमा शान्तिपूर्ण कार्यक्रममा सहभागी हुँदै गर्दा नेकपाका नेताहरुलाई विनाकारण समातेर सार्वजनिक अपराधको मुद्दा लगाउनु र १६ फाल्गुनमा नेकपाका महासचिव नेत्रविक्रम चन्दको घरमा पक्राउ पुर्जी टाँस गर्नुलगायतका घटनाक्रमले ओली […]

पार्टीको कार्यदिशाबारे कमरेड माओका विचारहरु

अध्यक्ष माओले भन्aनुभएको छ, “वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ” र “क्रान्तिलाई विजयसम्म पु¥याउनको निम्ति राजनीतिक पार्टीले आफ्नै कार्यदिशाको सहीपना र आनै संगठनको खंदिलोपनामा भर पर्नु पर्दछ” । यसले स्पष्ट गर्दछ कि यदि सर्बहारा वर्गको राजनीतिक पार्टीले क्रान्तिकारी ध्येयलाई विजयसम्म नेतृत्व गर्न चाहन्छ भने त्यसले माक्र्सवादी–लेननवादी कार्यदिशालाई पक्डिनु पर्दछ […]

चितवनमा क्रान्तिकारी माओवादी र नेकपाबीच भयो यस्तो सहमति

चितवन । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतृत्वबीच भएको वार्ताले ४ बुँदे सहमति गरेको छ । क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज अम्बिका मुड्भरी र नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसीबीच भएको सहमतिलाई संयुक्त रुपमा एक प्रेस वक्तव्य जारी गर्दै सार्वजनिक गरिएको छ […]

माकेको एमालेमा विलय : एक चर्चा

“……….उक्त लोकतान्त्रिक गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरुले बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारावर्गको हाम्रो पार्टी त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्ने प्रयत्न गर्नेछ ।” (२०६२ असोज–कार्तिकमा सम्पन्न ऐतिहासिक चुनवाङ बैठक, ऐतिहासिक दस्तावेजहरु, पृ. २९६) । २०६२ सालमा आयोजित चुनवाङ बैठकको प्रस्तावको एक अंश हो यो, जसमा लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीतिक नाराका रूपमा मात्र लिइएको […]

नयाँ ढंगको पार्टी निर्माण र एकीकरण तथा ध्रुवीकरणबारे

विश्व कम्युनिष्ट आन्दोलन मात्र होइन एशियाकै कम्युनिष्ट आन्दोलनको ऐतिहासिक परिप्रेक्ष्यलाई मध्यनजर गर्दा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई लामो मान्न सकिंदैन । नेपालका कम्युनिष्ट पार्टीको स्थापना १९४९ अप्रिल २२ तदनुसार २००६ वैशाख १० गते भारतको कलकत्ता शहरमा भएको थियो । त्यसरी हेर्दा पार्टी स्थापना भएको करिब ७ दशकको समयावधि पुग्दैछ । पार्टी स्थापनाको कालपछि करिब डेढ दशकसम्म […]

मोहन वैद्य र मोहनविक्रमबीच पार्टी एकताको विषयमा छलफल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य‘किरण’ र नेकपा (मसाल)का महामन्त्री पार्टी एकता र कार्यगत एकताका विषयमा छलफल भएको छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा आइतबार भएको छलफलमा क्रान्तिकारी माओवादी तर्फबाट महासचिव मोहन वैद्य‘किरण’ र स्थायी समिति सदस्य रामसिंह श्रीस र नेकपा (मसाल)का तर्फबाट महामन्त्री मोहनविक्रम सिंह, आनन्द शर्मा र हिमलाल पुरीको […]

वाम आन्दोलन र यसको आगामी कार्यभार

वामपन्थी आन्दोलनबारे पैदा भएको भ्रम सामान्यतया वामपन्थी आन्दोलन भन्नाले वामपन्थी सबैको साझा आन्दोलन वा वामपन्थी आन्दोलनको मूल प्रवाह भन्ने बुझिन्छ । तर जब दक्षिणपन्थीहरुले र प्रतिकृयावादीकरण भैसकेकाहरुले आफूलाई “वामपन्थी” भन्ने गर्दछन्, जब वामपन्थीहरुको जरो किलो उखेल्नका लागि वामपन्थी नामको दुरु पयोग हुन्छ, ती दुई परस्पर विरोधी शक्ति वा व्यक्तिहरुलाई चिनाउने पदावलीका अगाडि बिशेषण थप्नुपर्ने आवश्यकता […]

यसरी मनाइयो देशैभर बलिदान दिवस (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सहिद सप्ताहको सुरुको दिन अर्थात् १४ फागुनमा देशैभर विभिन्न कार्यक्रम गरी बलिदान दिवस मनाएको छ । अधिकांश जिल्लामा जनयुद्धमा आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान् सहिदहरुको फोटा तथा सालिकमा फूलमाला, अवीर र खादा लगाएर र सहिदहरुको योगदानको बारेमा चर्चा गरी मनाइएको छ भने कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवार र […]

यो दलालहरुको सरकार हो, प्रचण्डहरुले रोकेर क्रान्ति रोकिन्न : दिनेश शर्मा

काभ्रे । सहिद सप्ताहको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले संयुक्त रुपमा आयोजना गरेको जनयुद्धका सहिद, वेपत्ता योद्धा परिवार तथा घाइते योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पिविएम तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका केन्द्रीय संयोजक समेत रेहका नेता दिनेश शर्मा‘सागर’ले एमाले अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारलाई दलालहरुको सरकारको संज्ञा […]

आजबाट सहिद सप्ताह सुरु, सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धालाई सम्मान गरिदै

काठमाडौं । तत्कालीन झापा विद्रोह र दशवर्ष लामो महान जनयुद्धमा अमूल्य जीवन बलिदान गर्ने सहिदहरुको सम्झना र सम्मानमा विभिन्न कार्यक्रम गरी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले देशैभरि सहिद सप्ताह आज अर्थात् फागुन १४ देखि २१ सम्म मनाउँदैछन् । क्रान्तिकारी माओवादीले यस पटकको सहिद सप्ताह कार्यक्रममा देशैभरका सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धाहरुलाई सम्मान […]