१६ साउन काठमान्डौ ।
भारतले खाद्यन्न संकटको वाहाना वनाएर खाद्यन्न आयत रोकिदिएकाे छ । परिणाम देशमा खाद्यन्न संकटको सम्भावना बढेको छ । हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी सम्वद्ध किसान सङ्गठनका रुपमा रहेका पुर्व नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) सम्वद्ध दुई किसान सङ्गठनद्वारा संयुक्त प्रेस वक्तव्यमार्फत सरकारलाई मंहगी नियन्त्रण गर्न र यदि नगरे सम्पुर्ण किसान साथमा लिइ आन्दोलनमा उत्रन माध्य हुने र कालो वजारीलाई सडकबाट कारवाही गरिने स्मेत चेतावनी दिएका छन् । विज्ञाप्तिकाे पुर्ण पाठ यसप्रकार रहेको छ :
प्रेस विज्ञप्ति
आज नेपाली जनता विभिन्न समस्याले गुर्जीएको अवस्था छ । दलाल पुँजीवादी हावी भएको छ भने राष्ट्रिय उत्पादनमा कमी हुने वजार साम्राराज्यवादीको कव्जामा लिएको छ । राष्ट्रिय उत्पादनले आत्मा निर्भर नहुर्दा सामाराज्यवादी उत्पादन प्रणालीको हातमा बजार हुर्दा बेलाबेलामा रोक्क दिने र कालो वजारी विचौलियलाई प्रसय दिने जनताको ढाड सेक्ने गरी मंहगी वढाउने जस्ता समस्या देखा परेका छन । यस्ता समस्या हल गर्न यो राज्य लाग्नु भन्दा उल्टै सामाराज्य उत्पादन प्रणालीलाई प्रसय दिर्दै कृषिमा वा औद्योगी क्षेत्रको विकास गर्ने छोडेर विदेशी उत्पादन भित्राउन लागि परेको देखिएको छ । यसले नेपाल परनिर्भर वनाउने यो दलाल संसदीय वर्गको ठुलो हात रहेको छ । यसको फाइदा लुट्दै विदेशी सामाज्यवादीले विशेष गरी भारतले नेपाली जनताको मौका हेरी रोक लगाउने र यहाँका कालो वजारी र विचौलीयले यसको फाइदा लुट्ने गरेको पाइएको छ ।
यसै क्रममा भारतले खाद्यन्न संकटको वाहाना वनाएर खाद्यन्न आयत रोकिदिएको यहाँका कालो वजारी र विचौलीया सक्रिय भएका छन । खाद्यन्न अभावको वहाना वनाई चमल, दाल, लगाएत वस्तु लुकाएर वजारमा कृतिम अभाव गरी वजार भाऊ बढाएका छन । यसमा राज्यको कुनै ध्यान दिइको छैन । यसप्रति हाम्रो संघठनको गम्भिर ध्यान आकर्षण भएको छ । तत्काल बजार अनुगमन गरी कालो वजाररीलाई कारवाही गर्न र सम्पुर्ण खाद्य वस्तुको न्यनतम मुल्य निधारण गरी प्रत्यक खाद्य स्टोरमा अङ्कित मुल्य राख्न वेचविखनमा अनिवार्य मुल्य, मितिको लोगो राख्ने र लोगो नभएको वेचविखनमा रोक लगाउन माग गर्दछौ, भने नेपालमा कृषिमा आत्मा निर्भर बनाउन कृषिका आवश्यक पुर्वधार विकाश गरी कृषिलाई चाहिले मल, वीउ, सिंचाई, औषधी, प्रविधी सेवा उपलव्ध गरी कृषि पेशलाई समानको पेशा वनाएर परनिर्भको अन्त्य गर्न पनि माग गर्दछौ । अन्यथा कालो वजारी गरेको भेटिएमा कारवही गर्ने जनकारी गराउछौ ।
त्यसै गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर गत २०८०/०८१ को वजेटमा केहि कृषिका कार्यलयहरु समायोजन, विस्तापन गर्दा कृषि क्षेत्रमा असर नगर्ने गरी समायेजन गरियोस । केन्द्रीय पशुपन्छी रोग रोग अन्वेषण प्रयोग शाला र केन्द्रिय कृषि प्रयोगशालाको संघ प्रदेशमा उचित व्यवस्था गरियोस राष्ट्रिय खोप उत्पादन प्रयोगशालाको विकाश गरियोस कृषि पशु क्वारेन्टाइनको उचित विकाश गर्न माग गर्दछौ । अन्यथा यी मंहगी नियन्त्रण नगरे सम्पुर्ण किसान साथमा लिइ आन्दोलनमा उत्रन माध्य हुन छौ भने कालो वजारीलाई सडकवाट कारवाही गर्न बध्य हुने यसै विज्ञाप्ति माफत जाकारी गराउछौ । यसको जिम्मेवार सम्वन्धी निकाय हुने छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)
हरि श्रेष्ठ सिताराम तामाङ
अध्यक्ष अध्यक्ष