विभिन्न निर्णय गर्दै सोलुखुम्बु र ओखलढुंगामा एकता अधिबेशन सम्पन्न

विभिन्न निर्णय गर्दै सोलुखुम्बु र ओखलढुंगामा एकता अधिबेशन सम्पन्न

उदयपुर /यतिखेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नम्बर प्रदेशमा एकता अधिबेशन, प्रशिक्षण तथा बैठक धमाधम भइरहेको खबर प्राप्त भएको छ ।
यसैक्रममा विभिन्न निर्णयहरु गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालको सोलुखुम्बु र ओखलढुंगामा एकता अधिबेशन मंगलबार भब्य रुपमा सम्पन्न भएको पार्टी स्रोतले जनाएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय कार्यलय सदस्य तथा प्रदेश इन्चार्ज निर्मल र अतिथिहरुमा केन्द्रिय सचिवालय सदस्य तथा प्रदेस संयोजक सङ्कुल र केन्द्रिय सचिबालय सदस्य तथा प्रदेश सह संयोजक नरेश, आयाेजक समिति सदस्य तथा जिल्ला इन्चार्ज पर्वत हुनुहुन्थ्यो । उक्त कार्यक्रममा प्रमुख अतिथी र अतिथिहरुले पार्टी केन्द्रको भाब सम्प्रेषण गर्दै पार्टीको नीति, वर्तमान राजनैतिक अवस्था, पार्टीको भावी कार्यक्रम लगायत संगठन बिस्तार सम्बन्धी प्रशिक्षणमुलक मन्तब्य राख्नु भएको थियो ।
संयुक्त रुपमा गरिएको सोलु र ओखलढुंगाको एकता अधिबेशनको संचालन प्रदेश संगठन समिति सदस्य एबं ओखलढुंगाका सहसंयोजक रबिन र स्वागत मन्तव्य प्रदेस सदस्य एबं सोलुका सह संयोजक तेन्जिङले गर्नु भएको थियो ।