रुसी अर्थोडक्स र युक्रेनी कन्स्ट्यान्टिनोपल चर्च विभाजित

काठमाडौं । रुसको अर्थोडक्स चर्चले कन्स्ट्यान्टिनोपल चर्चसँग आफ्ना सबै सम्वन्धहरु परित्याग गरी युक्रेनियन अर्थोडक्स चर्चलाई स्वतन्त्र भएको बताएको छ । रसियन अर्थोडक्स चर्चका इञ्चार्ज मेट्रोपोलिटन हिलारिअन विशपले यो ऐतिहासिक तथा आभूतपूर्व निर्णय रसियन अर्थोडक्स चर्चको प्रशासकीय संरचना होली सिनोडले सर्वसम्मतिले लिएको पत्रकारहरु माझ सार्वजनिक गरेका थिए । तीनदिनसम्म चलेको होली सिनोडको वैठकले उक्त उचाइको निर्णय […]

मन्त्रीहरु नै व्यापारी भएपछि

काठमाडौं । दसैंको आगमनसँगै गुणस्तरीय खाद्य पदार्थ, सागपात, माछामासु तथा फलफूलहरु बजारमा नभएको भनी नेपाली जनतामा असन्तोष पैदा भएको छ । यसको मुख्य कारण मन्त्रीहरु नै व्यापारी र व्यापारीहरु नै मन्त्री भएका हुनाले हो । जनताले चुनेर पठाएका मन्त्रीहरु नै कालाबजारी, तस्करी, माफियागिरी र भ्रष्टाचारको स्रोत र संरक्षक दुवै बनेका छन् । दसैं, तिहार तथा […]

दसैं एक : मान्यता अनेक

काठमाडौं । दसैं भनेको माछामासु, जाँडरक्सी र जुवातास नै हो भन्ने कुरा हाबी भएर आएको छ । यसले दसैंमा विकृति भित्र्याएको छ । प्राय सबैको मनमा दसैं भनेको रमाइलो मनाउने मात्र न हो भन्ने पनि बढी नै परिरहेको देखिन्छ । मानिसहरु छोटो समयका लागि पूजाआजामा भुल्ने र अधिक समय खानपान र नाचगानमा रमाउने चलन छ […]

क्रान्तिकारी माओवादीका पर्वत सेक्रेटरी आशिषको श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत । जिल्लाको पैयुँ गाउँपालिका–३ बेउलीवास, गोहपुकमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पर्वत जिल्ला सेक्रेटरी कुश्माखर भुसाल‘आशिष’को श्रद्धाञ्जली सभा आइतबार सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुले उनको राजनैतिक जीवनका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य नारायण अधिकारी ‘निश्चल’ ले संभावना भएको नेता गुमाउनु पर्दा […]

के सिरियाको लडाइँमा रसायन अस्त्रको प्रयोग भएकै हो ?

काठमाडौ । सिरियाको लडाइँमा सरकारी पक्षले रसायन अस्त्र प्रयोग गरेको अमेरिकाले आरोप लगाएको छ । तर यो आरोपलाई सिरियाले इन्कार गरेको छ । सिरियाका अनुसार त्यो रसायन अमेरिकाले दिएको र राज्य विरोधीहरुले प्रयोग गरेको बताएको छ । अमेरिकाले भन्ने गरेको १०६ प्रकारका रसायनहरु सिरिया युद्धमा प्रयोग भएको सिरियाले इन्कार गरेको छैन । बरु ती रसायन […]

माइक पोम्पेओ साउदी अरेबियामा

काठमाडौं । पत्रकार जमाल खसोगीको निहु बनाएर संयुक्त राज्यअमेरिकाले उसको विदेश मन्त्री माइक पोम्पेओलाई साउदी अरेबिया पठाएको छ । साउदीका राजा सलमानसँग भेट गरेर खसोगीका बारेमा गम्भीर खोधखोज गर्ने नियतका साथ उनलाई त्यहाँ पठाइएको हो । साउदी राजपरिवारका कट्टर आलोचक पत्रकार जमाल खसोगी गतसाता स्तानबुलस्थित महावाणिज्य दूतावासमा पसेपछि उनी त्यहाँबाट बाहिरिन नपाएको अवस्थामा बेपत्ता भएका […]

दक्षिणपन्थ रिटर्न

शोषण र उत्पीडनको अन्त्य अत्याचारको समाप्ति ठिहि¥याउने गरिबीबाट मुक्ति त्यो अन्तिम युद्ध मानवीय जिन्दगीको उज्यालो आशा जे जति जडता र जे जति रुढता ती सबै सबैबाट फुत्कँदै चुँडाल्दै शताब्दीयौंदेखिका साङ्ला हिंडियो अँध्यारोसंगै बोलियो सपनाको बन्दुक भयभीत भइएन कहिल्यै पनि गरिएन माया आफ्नो साँघुरो जिन्दगीको गाइयो गीत भविष्यको अजङका पहाड भत्काइयो र बनाइयो सुन्दर बाटो जहाँ […]

क्रान्तिकारी माओवादी डडेल्धुराको सम्मेलन सम्पन्न, सेक्रेटरीमा लालकिरण

डडेल्धुरा । नेकपा (क्रान्तिकारी माओवादी) डडेल्धुराको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जिल्ला सेक्रेटरीमा लालकिरणलाई निर्वाचित गरेको छ । असोज २६ गते जिल्ला समन्वय समितिको सभाहलमा कीर्तिपुरमा सम्पन्न भएको सम्मेलनले लालकिरणको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । “सबैखाले नवसंसोधनवाद, पनरुत्थानवाद, यथास्थितिवाद र प्रतिक्रियावाद विरुद्घ निरन्तर आन्दोलन ! राष्ट्रियता, जनतन्त्र र […]

मेलम्चीको पानी तिहारपछि : ठेकेदार कम्पनी र आयोजनाका बीच पैसाको विवाद

काठमाडौं । चाडपर्वका बेला पानीले छल्छली नुहाएर दसैं मान्ने काठमाडौंवासीहरुको चाहना यो वर्ष पनि पूरा हुन पाएन । दसैंको अवसरमा मेलम्चीको पानीले नुहाइधुवाइ गरेर परिकार बनाई खान पाउने आशा पालेका काठमाडौंवासीहरु मेलम्चीको पानी पिउन र प्रयोग गर्न तिहारपछिको समय कुर्नुपर्ने भएको छ । कतिपयले त मेलम्ची काठमाडौंको काकाकूल नै भएको पनि टिप्पणी गर्ने गरेका छन् […]

संघीय प्रहरीको समानान्तरमा प्रदेश प्रहरी निर्माण गरिदैं

काठमाडौं । प्रदेश नम्बर २ को सरकारले त्यहाँको प्रदेश सभाबाट प्रदेश प्रहरी निर्माणको विधेयक पारित गरेको छ । उक्त विधेयक प्रदेशको बहुमत सांसदहरुद्वारा पारित गरिएको हो । प्रतिपक्षमा रहेका सांसदहरुको होहल्ला र विरोधका बाबजुद पनि दुईतिहाईद्वारा उक्त विधेयक पारित भएपछि संघीय र प्रदेश सरकारका बीचमा खटपट सुरु भएको छ । हालसम्म संघीय सरकारले प्रादेशिक तथा […]