क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नमोबुद्द नगर एकता अधिबेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नमोबुद्द नगर एकता अधिबेशन सम्पन्न

२० साउन नमोबुद्द, काभ्रे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नमोबुद्द नगर एकता अधिबेशन भकुण्डे बेसिमा सम्पन्न भयो ।
नेकपा(क्रान्तिकारी माओवादी)र नेकपा बहुमत बिच एकता भए पछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नगर एकता अधिबेशन सम्पन्न भएको हो । एकता अधिबेशनमा जिल्ला इन्चार्ज सोमान सि तामाङ,जिल्ला संयोजक माधब गौतम सह संयोजक ढोक प्रसाद अधिकारीको उपस्थित रहेको थियो ।
अधिबेशनले ज्ञान ब तामाङको संयोजकत्वमा १३ सदस्यीय नगरकमिटी निर्बाचित गरेको छ , जसमा सह संयोजक केशब ओझा र सदस्यहरुमा गुन्जमान तामाङ,नारायण रिजाल,सुरज लामा,साहिली तामाङ ,तिर्थ लामा र शंकर अधिकारी रहेका छन बाकी ४ जना अर्को बैठकले थप गरिने नगर संयोजक ज्ञान ब लामाले बताएका छन् ।