२० साउन चितवन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भरतपुर महानगरपालिकाको एकता अधिवेशन प्रशिक्षण तथा बैठक भव्यताका सम्पन्न भएको छ ।
महानगर संयोजक कृष्ण बरालको अध्यक्षतामा कार्यक्रमको सञ्चालन सचिव रमेश पौडेल नविनले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला पार्टी ईन्चार्ज भिम बहादुर खड्का ध्रुवले पार्टी केन्द्रको योजना र प्रदेश समिति साथै जिल्ला पार्टीको योजना तर्जुमासहितको भाव सबैमा सम्प्रेषण गरेका थिए । उनले नेपाली समाजको वर्तमान समयमा दलालीकरण र तस्करीकरणले क्रान्तिको भविष्य सन्निकट बनेको बताए ।
कार्यक्रममा विशेष अतिथि जिल्ला पार्टी संयोजक विकासले जिल्ला पार्टीको आगामी कार्य योजनाको प्रशिक्षणमूलक मन्तव्य व्यक्त गरेका थिए । साथै महानगर समिति जुझारु ढंगले प्रस्तुत हुन आग्रह गरे।का थिए । सह संयोजक दुर्गाप्रसाद सुवेदीले महानगर समितिका सदस्य सबै साथीहरु काँध मिलाएर हिडने विश्वास व्यक्त गरे । अधिवेशनले कृष्ण बरालको संयोजकत्व र रमेश पौडेल नविन सह– संयोजक रहेको ७१ सदस्यीय महानगर समिति गठन गरेको छ । एकता अधिवेशनले महानगर अन्तर्गत वडा संयोजक र जनवर्गीय संगठनका संयोजक समेत तोकेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सल्लाहकार भुमिश्वर कँडेलले नवनिर्वाचित महानगर समितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिदै क्रान्ति अपरिहार्य रहेको र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अगुवाइमा नेपाली क्रान्तिको कार्यभार पुरा गर्न सबै कमरेडहरु तयार रहन निर्देशनसहित हार्दिक आभार प्रकट गरे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार शम्भु कट्टेलले महानगर समिति युवाहरुमा जोश जाँगर र उत्साह देखेर खुशी लागेको बताउँदै आगामी दिनमा क्रान्तिकारी लाल झण्डा चितवन जिल्लामा फहराउन सफल हुने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार बाबुराम प्यासी, दिवाकर न्यौपाने, शहिद परिवारका खड्गबहादुर कुँवर, जिल्ला पार्टी सल्लाहकार जगन्नाथ ढकाल लगायतका सम्पूर्ण भरतपुर महानगरका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।