दुई युवा संगठनकाे एकताबाट जन्मियाे “क्रान्तिकारी युवा संगठन, नेपाल”, हरिश भट्टकाे संयाेजकत्वमा ८५ सदस्यीय केन्द्रीय समिति चयन

दुई युवा संगठनकाे एकताबाट जन्मियाे “क्रान्तिकारी युवा संगठन, नेपाल”, हरिश भट्टकाे संयाेजकत्वमा ८५ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालबीच एकता भेला सम्पन्न भएकाे छ । एकता भेलाले संगठनकाे नाम ‘क्रान्तिकारी युवा संगठन, नेपाल’ राखेकाे छ । भेलाले हरिश भट्टकाे संयाेजकत्वमा ८५ सदस्यीय अधिवेशन आयाेजक समिति निर्माण गरेकाे छ ।
एकता भेलाबाट निर्मित कमिटिलाई बधाई दिदै पार्टीका कार्यालय सदस्य तथा युवा संगठनका फ्रयाक्सन इन्चार्ज उदयबहादुर चलाउने दिपकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई लिएर युवाहरुलाई संघर्षमा उत्रन निर्देशन दिनुभयाे ।
उहाँले दलाल संसदीय व्यवस्थाले गरेका जनघात, राष्ट्रघात, भ्रष्टाचार, सुदखाेर, मिटरब्याजी, माफियाहरुका विरुद्ध क्रान्तिकारी युवाहरुले सडकमा सशक्त उपस्थिति देखाउनु पर्ने, सडक संघर्ष चर्काउनुपर्ने आवश्यकता आैल्याउनु भएकाे थियाे ।
नव निर्मित कमिटिकाे तर्फबाट प्रतिबद्धता मन्तव्य राख्दै क्रान्तिकारी युवा संगठन, नेपालका संयाेजक हरिश भट्टले पार्टी, क्रान्ति र आन्दाेलनले सुम्पिएकाे जिम्मेवारीमा आफू र सिंगाे संगठनलाई सशक्त रुपमा उतार्ने प्रतिबद्धता जनाउनु भयाे ।
एकताको राष्ट्रिय भेलाकाे उद्घाटन सत्रलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैध्य किरण, पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा युवाका फ्र्याक्सन इन्चार्ज दिपक, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरुले शुभकामना तथा वैचारिक राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । एकता भेलाको उद्घाटन सत्र मंगलबार काठमाडौको नयाँ बसपार्कस्थित तमु हलमा सम्पन्न भएको थियो ।