डेङ्गुका बिरामीको संक्रमण दर बढ्यो

डेङ्गुका बिरामीको संक्रमण दर बढ्यो

 

काठमाडौं । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । व्यापारको सिलसिलामा रुकुम आएको मोरङका तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि काठमाडौंबाट रुकुमपूर्व आएका थिए ।

राई बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए । डेङ्गुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्रराज कोइरालाले जानकारी दिए । उनका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो ।