चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाइने

चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाइने

काठमाडौं । विगतजस्तै यसपटक चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाइएने भएको छ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय समितिको आयोजनामा काभ्रेको अनेकोटमा उक्त कार्यक्रम गरिने महासंघका संयोजक हिरामणि दु खीले बताउनुु भयो । काठमाडौबाट अनेकोट जानेहरु चैत्र ५ गते विहान ६बजे कोटेश्वरमा जम्मा भइसक्नुपर्ने आयोजकहरुले बताएका छन् ।

काभ्रेको अनेकोटमा २०५५ साल चैत्र ५ गते निशस्त्र जनताका कलाकर्मीहरुलाई शाही सेनाले घर घेराउ गरी हत्या गरेको थियो । च्याङवा लामा, (तिमाल, काभ्रे), चिनिमाया लामा,(होक्से काभ्रे) , गुम्वासिंह तामाङ (काभ्रे), निर्मला देवकोटा (अमले, सिन्धुली), डम्बर श्रेष्ठ (सिन्धुपाल्चोक), शुभद्र सापकोटा (सिन्धुपाल्चोक) र मञ्जु कुँवर (महादेवस्थान, सिन्धुली) लाई घरमा आगो लगाएर पाशविक ढंगले हत्या गरिएको थियो । जनयुद्धकालमा निर्मम ढंगले हत्या गरिएका ती सहिदहरु केवल माओवादी पार्टीको मात्र सहिद नभएर सम्पूर्ण परिवर्तनकामी न्यायप्रेमी जनताले सम्मान गर्नुपर्ने सहिदहरु हुन् ।

च्याङवा लामा तत्कालीन नेकपा (माओवादी) जिल्ला कमिटी सदस्य र सामना परिवारको केन्द्रीय कलाकार हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा कलाकारहरु अनेकोटामा जम्मा हुनु भएको थियो । २०६७ सालमा ७ जना सहिदहरुको सम्झनामा काभ्रेको अनेकोटमा सहिदपार्क बनाइएको छ । हरेक वर्ष चैत्र ५ गते काभ्रे र देशभर सांस्कृतिक प्रतिरोध दिवस मनाइन्छ ।