काठमाडौं । अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) ले शनिबार (फेब्रुअरी २८) देखि जारी इजरायल अमेरिकाको आक्रमणबाट इरानमा हजार नाघेको जनाएको छ। एचआरएएनएका अनुसार अहिलेसम्म मारिएकाको संख्या १ हजार ९७ पुगेको छ भने यसमा १० वर्षमुनिका १८१ बालबालिका छन्। यस्तै घाइतेको संख्या ५ हजार ४०२ पुगेको छ र यीमध्ये पनि १०० जना बालबालिका रहेको बताइएको छ।
एचआरएएनएले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा १०४ आक्रमण भएको उल्लेख गरेको छ। आक्रमण इरानका सैन्य अड्डा, अस्पताल र आवासीय क्षेत्रलाई लक्ष्य गरी गरिएका थिए। एचआरएएनएले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।
इजरायल र अमेरिकाले पहिलो दिन शनिबार गरेको संयुक्त सैन्य हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्।
त्यसको जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका खाडी मुलुकमा क्षेप्यास्त्र ड्रोनमार्फत् प्रतिरोध गरिरहेको छ।
































