काठमाडौं । साम्राज्यवादद्वारा प्रायोजित संसदिय निर्वाचन बहिष्कार गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !! भन्ने मुल नारा तय गरी बहिष्कार कार्यक्रम अघि बढाइरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कठपुतली सरकारले गिरफ्तार गरिरहेको छ । यही शिलशिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकिल्पक केन्द्रीय सदस्य तथा काभ्रेपलान्चोक जिल्ला सचिव ढोग प्रसाद अधिकारीलाई हिजो सांझ बनेपाबाट गिरफ्तार गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गरी फासिष्ट सुशीला सरकारले गरेको गिरफ्तारीको कडा निन्दा तथा भत्र्सना गर्नुभएको छ र उहाँको यथाशीघ्र रिहाइको जोडदार माग गर्नुभएको छ । अन्यथा नेपाली जनताले यसको उचित जवाफ दिने पनि वक्तव्यमार्फत् चेतावनी दिनुभएको छ ।































