ज्ञापन पत्र बुझाउन गएका संयुक्त संघर्ष समिति सुर्खेत जिल्लाका नेताहरु गिरफ्तार, अविलम्ब रिहाइ गर्न जोडदार माग

ज्ञापन पत्र बुझाउन गएका संयुक्त संघर्ष समिति सुर्खेत जिल्लाका नेताहरु गिरफ्तार, अविलम्ब रिहाइ गर्न जोडदार माग

काठमाडौं । सिन्धुलीमा गिरफ्तार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काको रिहाइका लागि सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन गएका संयुक्त संघर्ष समितिका सदस्यहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यहरु क. कर्ण शाही तथा क. रत्न ओली, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्यहरु क. डेभिड परियार तथा क. श्याम कुवर र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का जिल्ला सचिव क. राज पौडेल रहनु भएको छ ।

यसैगरी सिराहा जिल्लामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला संयोजक राजुभाइलाई पनि निर्वाचन बहिष्कारको पर्चा वितरण गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको छ ।
केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलले एक प्रेस वक्तव्य जारी गरी यही प्रतिक्रियावादी संविधानले प्रदान गरेको वाक तथा प्रकाशन स्वतन्त्रताको धज्जी उडाउँदै गरिएको यस गिरफ्तारीको घोर विरोध गर्दै हिरासतमा रहनु भएका कमरेडहरुलाई अविलम्ब र बिनाशर्त रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।