ललितपुरको गोदावारीमा निर्वाचन बहिस्कार कोणसभा सम्पन्न

ललितपुरको गोदावारीमा निर्वाचन बहिस्कार कोणसभा सम्पन्न

ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुरको आयोजनामा जिल्लाको गोदावारी नपाको पोखरीटारमा निर्वाचन बहिस्कार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नगरसचिव रोशन विशंखेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर इन्चार्ज बाबुलाल लोप्चनले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमा गिरफ्तार नेता पूर्णबहादुर खड्का र सुर्खेतमा गिरफ्तार संयुक्त संघर्ष समितिका नेताहरुको रिहाईको माग गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन बहिस्कार अभियान दलका संयोजक कगेन्द्र, जिल्ला सचिव जगदिश महर्जन, जिल्ला सदस्य विजय लोप्चन र निरन तुलाधरको उपस्थिति रहेको थियो ।