नवलपरासी २१ माघ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले बर्दघाट – १४ बुद्धबस्तीमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बुधबार जनयुद्धका शहिद सलिमका दाजु समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीको भाइ कृष्ण बहादुर थापा क्षेत्रीको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता समेत रहेका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले आमुल परिवर्तनको पक्षमा थापा परिवारले गरेको योगदानको चर्चा गर्दै शहिद परिवार समाजको सम्पति रहेको उल्लेख गरे । कृष्णको माघ १३ गते मस्तिष्कघातको कारण ५६ बर्षको उमेरमा निधन भएको थियो ।





























