आगो बाल्ने कुरा गर !

आगो बाल्ने कुरा गर !

गीत/कविता

गीत
ए छोरा हो ए छोरी हो आगो बाल्ने कुरा गर !
जनता लुट्ने लुटेराको शासन ढाल्ने कुरा गर !!
ढिला भए भोलि देश युक्रेन बन्ला सिक्किम बन्ला
भोलि हैन पर्सि हैन आजै थाल्ने कुरा गर
ए छोरा हो ए छोरी हो आगो बाल्ने कुरा गर !
**
लुटेराको शासनमा हाम्रो कहाँ हीत हुन्छ ?
महाजनको शासनसत्ता ढले पो त जीत हुन्छ !
स्वाधिनताको संग्राममा पाइला चाल्ने कुरा गर
ए छोरा हो ए छोरी हो आगो बाल्ने कुरा गर !
**
अधिकार भन्ने कुरा माग्ने हैन खोस्नु पर्छ
लुटको स्वर्ग जलाउँन आगो अब झोस्नु पर्छ
खोस्र खानी बाबु नानी फलाम गाल्ने कुरा गर
ए छोरा हो ए छोरी हो आगो बाल्ने कुरा गर !
**
स्यालको भोजमा बाख्रो पुगे अनिवार्य शिकार हुन्छ !
स्यालको मोज बाख्राहरूलाई सँधै धिक्कार हुन्छ
उठ हर्के उठ बिर्खे सत्ता ढाल्ने कुरा गर
ए छोरा हो ए छोरी हो आगो बाल्ने कुरा गर
ए छोरा हो ए छोरी हो आगो बाल्ने कुरा गर !!
कविता
सबै छान्न भन्छन, नछानौं कसोरी ?
सबै चोर मात्रै …. म छानौं कसोरी ?
म मेरो विवेकको अधिकार छान्छु !
र छान्छु म छान्छु बहिष्कार छान्छु !!
**
तिमी भिड छान म एकान्त छान्छु !
तिमी मूलधार ..म सीमान्त छान्छु !
तिमी छान झुटो म त सत्य छान्छु !
म भोकाहरूको अधिपत्य छान्छु!
**
तिमी दासता म स्वभिमान छान्छु!
म मेरो धराको यशोगान छान्छु!
तिमी छान लुटपाट, छलछाम सारा !
म छान्नै परेमा जीवनदान छान्छु !
**
तिमी छान लेन्डुप तिमी छान हिट्लर
तिमी छान जेलेन्स्की निर्मुल्य नोकर
म मेरो खलकको अधिकार छान्छु
म तिम्रो चुनावको बहिष्कार छान्छु ।
**