तिमीलाई
अस्मिता लुट्ने छुट छैन !
रण्डी बनाउने छुट छैन !
तिमीलाई शरीर बेच्ने दास बनाउने
यो पापी व्यवस्था चिरफार गरिनेछ।
सत्ता टिकाउने सौदाबाजहरूले —
साम्राज्यवादका पाल्तु कुकुरहरूले —
कम्युनिस्टको नाममा
महिलाको अस्मिता च्यात्छन्,
आत्मसम्मानमा हँसिया हान्छन्।
सारसंग्रहवादीहरू —
नव उदारवादी ठेकेदारहरू —
सुरिलो भाकामा भन्छन्:
“यो त यौन श्रम हो !”
कसले दिएको यो नाम ?
कसले बनायो शरीर बेच्नुपर्ने बाध्यता?
कसको आँगनमा हुर्किए यी पाल्तु ब्वासाहरू?
साम्राज्यवादको छायामा हुर्किए,
अवसरवादीहरूको चाकरीमा पलाए।
उनीहरू —
मोटो शरीर हेर्छन्,
स्लिम बडी हेर्छन्,
आँखा भरि राक्षसी लालसा पलाउँछ,
कोठाभित्र झम्टिन्छन्,
कोरा अनि बिलेट लगाउँछन्,
लुट्छन्, कोपर्छन्, रक्ताम्य बनाउँछन्।
र तिनीहरू भन्छन् —
“तेरो शरीर त मिलेन नि !”
र लात्तीले हान्दै मञ्चमा चढ्छन्।
कम्युनिस्टको नक्कली झण्डा फहराउँछन्।
“यौन श्रमिकको अधिकार!” भनेर
रेड लाइट एरियाको नारा उचाल्छन्।
त्यही भेषमा —
कलम चलाउँछन्, कविता लेख्छन्।
घोषणा पत्र लेख्छन्।
आमा बेच्छन् ।
दिदीबहिनी बेच्छन्।
भावना बेच्छन् ।
ममता बेच्छन् ।
मानवता बेच्छन्।
र भन्छन् —
“पुरानो मार्क्सवाद, लेनिनवाद, माओवाद सकियो।
अब त नयाँ खोल चाहिन्छ।”
बुझ्ने भनेको रक्षा होइन रे!
बदल्ने भनेको विकास होईन रे!
दिग्भ्रम फैलाउने अवसरवादी!
तर सुन —
हामी बुझिसकेका छौं तिम्रो चाल:
नव उदारवादको भेषमा —
श्रम र अस्मिताको लुट,
ममता र मानवताको बेइज्जत —
अब सहिन्न।
ओ साम्राज्यवाद !
ओ कठपुतली पाल्तुहरू !
ओ नव उदारवादका गद्दारहरू!
तिमीहरूको यो लिला अब समाप्त हुनेछ।
सर्वहारा वर्गको क्रान्ति —
अस्मिता, ममता र मानवताको रक्षा गर्दै
तिमीहरूको सिंहासन ध्वस्त गर्नेछ।
यौन शोषण ,महिला हिंसा के हो ?
मार्क्सवाद ,समाजवाद के हो ?
पुजीवाद ,नव उदारवाद, साम्राज्यवाद के हो ?
सार संग्रहवाद ,संसोधनवाद,मिलेरावाद के हो ?
“तिनीहरू मरे — तर कहिल्यै दास भएन !”
चुनु गुरुङ, निर्मला देवकोटा —
यी नामहरूले झस्काउँछ इतिहासलाई।
सुभद्रा सापकोटा, दिलमाया योन्जन —
यी अनुहारहरूले जलाउँछ क्रान्तिको मशाल।
सुशिला पाण्डे, महिना सुनार —
यी सपनाहरू बने
जनताको स्वतन्त्र भविष्यको आधार!
हिजो तिनीहरू मरे,
तर आजको कथित कम्युनिस्ट
शरीर बेचेर स्वतन्त्रता खोज्न थाल्यो,
“यौन श्रमिक” भन्ने नाममा
दासताको सौन्दर्यकरण गर्न खोजियो।
तर सम्झ —
चुनु गुरुङ दास बनेकी थिइनन्!
निर्मला देवकोटाले अस्मिता बेचिनन् !
महिना सुनारले आत्मसम्मान लुट्न दिइनन् !
दिलमाया योन्जनले ममता स्वाभिमान लुट्न दिइनन् !
तिनीहरूले देखाएको बाटो
रगतले लेखिएको घोषणा पत्र हो —
‘महिला हुँ, दास होइन।’
‘क्रान्तिकारी हुँ, सम्पत्ति होइन।’
‘रातो सिपाही हुँ, बलात्कृत होइन।’
यी सहिदहरूलाई सलाम!
तिनीहरूको सपना
हामीमा बाँचेको छ।
हामी उठ्नेछौं —
यौन पिचास,साम्राज्यवाद र नव उदारवादको विरुद्ध
फेरि अर्को क्रान्ति न्यायका लागि !
अब उठ्छ आमा दिदीबहिनीको रगतको ज्वालामुखी,































