“अस्मिताको लुट” 

“अस्मिताको लुट” 

कविता

 

 

तिमीलाई

अस्मिता लुट्ने  छुट छैन !

रण्डी बनाउने छुट छैन !

तिमीलाई शरीर बेच्ने दास बनाउने

यो पापी व्यवस्था चिरफार गरिनेछ।

 

सत्ता टिकाउने सौदाबाजहरूले —

साम्राज्यवादका पाल्तु कुकुरहरूले —

कम्युनिस्टको नाममा

महिलाको अस्मिता च्यात्छन्,

आत्मसम्मानमा हँसिया हान्छन्।

 

सारसंग्रहवादीहरू —

नव उदारवादी ठेकेदारहरू —

सुरिलो भाकामा भन्छन्:

“यो त यौन श्रम हो !”

 

कसले दिएको यो नाम ?

कसले बनायो शरीर बेच्नुपर्ने बाध्यता?

कसको आँगनमा हुर्किए यी पाल्तु ब्वासाहरू?

साम्राज्यवादको छायामा हुर्किए,

अवसरवादीहरूको चाकरीमा पलाए।

 

उनीहरू —

मोटो शरीर हेर्छन्,

स्लिम बडी हेर्छन्,

आँखा भरि राक्षसी लालसा पलाउँछ,

कोठाभित्र झम्टिन्छन्,

कोरा अनि बिलेट लगाउँछन्,

लुट्छन्, कोपर्छन्, रक्ताम्य बनाउँछन्।

 

र तिनीहरू भन्छन् —

“तेरो शरीर त मिलेन नि !”

र लात्तीले हान्दै मञ्चमा चढ्छन्।

कम्युनिस्टको नक्कली झण्डा फहराउँछन्।

“यौन श्रमिकको अधिकार!” भनेर

रेड लाइट एरियाको नारा उचाल्छन्।

 

त्यही भेषमा —

कलम चलाउँछन्, कविता लेख्छन्।

घोषणा पत्र लेख्छन्।

आमा बेच्छन् ।

दिदीबहिनी बेच्छन्।

भावना बेच्छन् ।

ममता बेच्छन् ।

मानवता बेच्छन्।

 

र भन्छन् —

“पुरानो मार्क्सवाद, लेनिनवाद, माओवाद सकियो।

अब त नयाँ खोल चाहिन्छ।”

 

बुझ्ने भनेको रक्षा होइन रे!

बदल्ने भनेको विकास होईन रे!

दिग्भ्रम फैलाउने अवसरवादी!

 

तर सुन —

हामी बुझिसकेका छौं तिम्रो चाल:

नव उदारवादको भेषमा —

श्रम र अस्मिताको लुट,

ममता र मानवताको बेइज्जत —

अब सहिन्न।

 

ओ साम्राज्यवाद !

ओ कठपुतली पाल्तुहरू !

ओ नव उदारवादका गद्दारहरू!

 

तिमीहरूको यो लिला अब समाप्त हुनेछ।

सर्वहारा वर्गको क्रान्ति —

अस्मिता, ममता र मानवताको रक्षा गर्दै

तिमीहरूको सिंहासन ध्वस्त गर्नेछ।

 

यौन शोषण ,महिला हिंसा के हो ?

मार्क्सवाद ,समाजवाद के हो ?

पुजीवाद ,नव उदारवाद, साम्राज्यवाद के हो ?

सार संग्रहवाद ,संसोधनवाद,मिलेरावाद के हो ?

 

“तिनीहरू मरे — तर कहिल्यै दास भएन !”

 

चुनु गुरुङ, निर्मला देवकोटा —

यी नामहरूले झस्काउँछ इतिहासलाई।

सुभद्रा सापकोटा, दिलमाया योन्जन —

यी अनुहारहरूले जलाउँछ क्रान्तिको मशाल।

सुशिला पाण्डे, महिना सुनार —

यी सपनाहरू बने

जनताको स्वतन्त्र भविष्यको आधार!

 

हिजो तिनीहरू मरे,

तर आजको कथित कम्युनिस्ट

शरीर बेचेर स्वतन्त्रता खोज्न थाल्यो,

“यौन श्रमिक” भन्ने नाममा

दासताको सौन्दर्यकरण गर्न खोजियो।

 

तर सम्झ —

चुनु गुरुङ दास बनेकी थिइनन्!

निर्मला देवकोटाले अस्मिता बेचिनन् !

महिना सुनारले आत्मसम्मान लुट्न दिइनन् !

दिलमाया योन्जनले ममता स्वाभिमान लुट्न दिइनन् !

 

तिनीहरूले देखाएको बाटो

रगतले लेखिएको घोषणा पत्र हो —

‘महिला हुँ, दास होइन।’

‘क्रान्तिकारी हुँ, सम्पत्ति होइन।’

‘रातो सिपाही हुँ, बलात्कृत होइन।’

 

यी सहिदहरूलाई सलाम!

तिनीहरूको सपना

हामीमा बाँचेको छ।

हामी उठ्नेछौं —

यौन पिचास,साम्राज्यवाद र नव उदारवादको विरुद्ध

फेरि अर्को क्रान्ति न्यायका लागि !

अब उठ्छ आमा दिदीबहिनीको रगतको ज्वालामुखी,