माक्र्सवाद र श्रमिकवर्गबीचको सम्वन्ध

माक्र्सवाद र श्रमिकवर्गबीचको सम्वन्ध

हुकुमबहादुर सिंह

माक्र्स र एङ्गेल्स क्रान्तिकारी समूहहरूमा गहिरोगरी कसरी संलग्न हुन पुग्नु भयो र उहाँहरूले कसरी कम्युनिस्ट लिगको नेतृत्व गर्न पुग्नु भयोे, जुन युरोपियन देशहरूका क्रान्तिकारीहरूलाई संगठित गर्ने एउटा अन्तराष्ट्रिय संस्था थियो । उहाँहरूले कम्युनिस्ट लिगको कार्यक्रम– कम्युनिस्ट घोषणापत्रको ड्राफ्ट पनि गर्नु भयो , जसले विश्व ऐतिहासिक महत्व प्राप्त ग¥यो । यद्धपि, त्यो समय १८४८मा माक्र्सवादको प्रभाव मजदुर वर्गको विशाल जनसमूहमा पुग्न अझै बाँकी नै थियो । कम्युनिस्ट लिगको प्रभाव सिमित थियो र यसमा मुख्यतः नीर्वासित मजदुरहरू र बुद्धिजीवीहरू थिए । वास्तवमा त्यो समयमा माक्र्सवाद समाजवादका अन्य घेरै प्रवृतिहरूमध्ये केवल एउटा प्रवृति थियो ।
१८४८को क्रान्ति, जुन विद्रोहको रूपमा युरोपियन महादेशभरी फैलियो । पहिलो प्रमुख ऐतिहासिक घटना थियो जहाँ माक्र्सवादले आफैलाई व्यवहारमा सिद्ध ग¥यो । जब फ्रान्समा पहिलो पटक क्रान्ति विष्फोट भयो, त्यो समयमा माक्र्स र एङ्गेल्स ब्रशेल्समा हुनुहुन्थ्यो । ब्रशेल्स सरकारले क्रान्ति फैलने डरले माक्र्सलाई तुरून्तै ब्रशेल्सबाट निष्काशन ग¥यो र उहाँलाई पेरिस छाडन दवाव दियो, जहाँ उहाँको एङ्गेल्ससँग भेट भयो । ता पनि जव जर्मनीमा क्रान्तिकारी लहर फैलियो क्रान्तिकारी आन्दोलनमा प्रत्यक्ष भाग लिनका लागि दुवैले तुरून्तै त्यहाँबाट जाने निर्णय गर्नु भयो ।
पेरिसमा रहदा उहाँहरूले मजदुरहरूका संगठनहरू र कम्युनिस्ट लिगका काममा ध्यान केन्द्रीत गर्ने कोशिस गनुै भयो । उहाँहरूले एउटा दैनिक पत्रिका–न्यूए रेइनिश्चे जेइंिटग प्रकाशित गनुै भयो, जसले क्रान्तिकारी लाइनको प्रचारप्रसारको एउटा मुखपत्रको रूपमा काम ग¥यो । मुखपत्रले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिकोे पूर्णताको रूपमा रेडिकल पुँजीवादी प्रजातान्त्रको समर्थनमा जर्मनीमा प्रपुख कार्यको लाइन लियो । यसको साथै पत्रिकाले जर्मनीमा उदाउदो क्रान्तिकारी सर्वहारा पार्टीको संगठकका रूपमा संगसंगै काम ग¥यो । माक्र्स र एङ्गेल्सले जर्मनका विभिन्न प्रान्तहरूका मजदुर संगठनहरूलाई संगठित गर्दै एउटा विशाल मजदुर पार्टी निर्माणको कोशिस पनि गर्नु भयो । पत्रिका एक वर्षसम्म टिक्यो । युरोपका अन्य भागहरू र जर्मनीमा क्रान्तिको विघटनसंगै पत्रिकालाई वन्द गर्न दवाव आयो र माक्र्सलाई प्रुशियन राजाद्धारा निष्काशन गरियो । उहाँ पुन पेरिस फर्कनु भयो तर त्यहाँबाट पनि केन्द्रीय अधिकारीहरूद्धारा गरिएका उत्पीडनले गर्दा छाडनु पर्ने भयो । एङ्गेल्सले अन्त्यसम्म क्रान्तिकारी आर्मीहरूमा सेनाको रूपमा लड्दै जर्मनमा नै रहनु भयो । सैनिकले हार खाएपछि १८४९को अन्त्यतिर उहाँ त्यहाँबाट उम्किएर माक्र्ससंग मिसिनु भयो । उहाँले त्यसपछिका वर्षहरू लण्डनमा विताउनु भयो । इंगलैण्ड त्यस पछिको जीवनको अन्त्यसम्म उहाँहरूको केन्द्र बनीरहयो ।
१८४८को क्रान्तिको हारले युरोपभरका क्रान्तिहरू र सर्वहारा एक्टिभिष्टहरूबीचमा भ्रम फैलाउने काम ग¥यो । बहुसंख्यक समाजवादीहरूका पहिलेका प्रभाव भएका प्रवृतिहरू÷धारहरूले क्रान्तिका दौरानका घटनाहरूका शिलशिलाका लागि के कारण हुन सक्छ ? त्यस सम्वन्धमा कुनै पनि सही बुझाई दिन सकेनन् । यो एउटा यस्तो वातावरण थियो कि माक्र्सले सुरूको र पछि क्रान्तिको हारका पछाडिका सामाजिक शक्तिहरूवारे वर्णन गर्ने कामको जिम्मेवारी लिनु भयो । किनभने फ्रान्स क्रान्तिको उन्नती र पतन दुवैको केन्द्र र प्रमुख सुरूवात विन्दु थियो । माक्र्सले फ्रेन्च घटनाहरूमाथि उहाँको विश्लेषण केन्द्रीत गर्नु भयो । यो काम उहाँले फ्रान्समा १८४८ देखि १८५०सम्म भएका वर्गसंघर्षहरू,र लुइस बोनापार्टको १८रौ ब्रुमेयर जस्ता उहाँका प्रतिभाशाली कामहरूमार्फत गर्नु भयो । उहाँहरू माक्र्सका इतिहासको भौतिकवादी अवधारणाको माध्यमद्धारा वर्तमान एतिहासिक घटनाहरू वर्णन गर्नका लागि पहिलो प्रयासहरू हुनुहुन्थ्यो । उहाँले यसरी क्रान्तिकारी सर्वहारा कार्यनीतिहरूका लागि वर्ग आधार प्रदान गर्नु भयो । विभिन्न चरणहरूमा विभिन्न वर्गहरूको भूमिकालाई उद्घाटित गर्दै उहाँले देखाए क्रान्तिका मित्रहरू र शत्रुहरू को थिए र त्यसकारण ती प्रत्येकसंग सर्वहाराको पद्धति के हुनु पर्दछ भनेर देखउनु भयो ।
पछिल्ला अवधिमा, माक्र्सले विश्वभरीका सबै प्रमुख राजनीतिक घटनाहरूमाथि उहाँका लेखहरूलाई निरन्तरता दिनु भयो । ती सबै लेखहरूमा उहाँले सर्वहारा दृष्टिकोणबाट एउटा स्पष्ट परिदृश्य प्रस्तुत गर्नु भयो । यसले उहाँहरूलाई समाजवादका सबै अन्य प्रकारहरूबाट पृथक बनायो, जसले लगातार बदलिदो विश्व परिस्थितिलाई वास्तविक उत्तरहरू दिनको लागि असक्षम प्रमाणित भएको थियो । यसले स्पष्टसंग विश्वलाई बुझ्न र वदल्नका लागि एउटा व्यवहारिक हतियारका रूपमा समाजवादका अन्य ब्राण्डहरूमाथि माक्र्सवादको उच्चता स्थापित ग¥यो ।
त्यसैगरी, माक्र्स र एङ्गेल्सले मजदुर वर्गका कमजोर र टुक्रिएका संगठनहरूलाई संगठित गर्नका लागि निकै परिश्रम र उत्साहित भएर काम गर्नु भयो । कम्युनिस्ट लिग जस्को प्रमुख केन्द्र जर्मनीमा रहेको थियो, प्रुशियन प्रहरीबाट निकै दमन झेल्नु प¥यो । जर्मनीमा रहेका यसका घेरै सदस्यहरूलाई जेलमा राखियो र संगठन आफै अन्त्यमा १८५२ नोभेम्वरमा विघटन गरियो । १८४८को क्रान्तिको असफलतापछिका प्रतिक्रियाको लामो अवधिभर माक्र्स र एङ्गेल्सले सर्वहारा वर्गीय आन्दोलनलाई पुनर्जीवित गर्न र पुनसंगठित गर्न लगातार कोशिस गर्नु भयो । लगातार लेखहरू लेख्ने र प्रकाशन गर्ने उहाँहरूको कामहरूको अतिरिक्त, उहाँहरूले विभिन्न देशहरू खासगरी इगलैण्ड, फ्रान्स र जर्मनीमा मजदुर वर्गका संगठनहरूसित लगातार सम्पर्क कायम गर्नु भयो । उहाँहरूको लगातारको प्रयास मजदुर वर्गको एउटा अन्तराष्ट्रिय संगठन निर्माण गर्नु थियो र औधोगिक रूपले विकसित देशहरूमा सर्वहाराको वेग्लै पार्टीहरू स्थापना गर्नु थियो ।
यो क्षेत्रमा रहेको प्रमुख काम माक्र्सद्धारा गरिएको थियो । उहाँले ज्यादै कठिन अवस्थाहरू अन्तरगत रहेर यो अवधिभर काम गर्नु भयो । विभिन्न देशहरूका सरकारहरूले आ–आफ्नो देशबाट निष्काशन गरेपछि पनि माक्र्स लण्डनमा बसाई गर्नू भयो, त्यहाँ पनि उहाँहरु खासगरी प्रुशियाका गुप्त प्रहरीको लगातार निगरानीमा हुनुहुन्थ्यो । राजनीतिक दवावको अतिरिक्त माक्र्सको अर्थिक अवस्था सधैभरी धेरै खराव थियो । त्यो समयमा क्रान्तिकारी मजदुर वर्गको आन्दोलनको अवस्था कमजोर र असंगठित भएकाले, उहाँलाई एउटा पूर्ण कालिन रूपमा सहयोग गर्न यो असमर्थ थियो । यसरी उहाँको कमाइको एउटा मात्रै स्रोत एउटा ठूलो अमेरिकन न्यूजपेपर–द न्यू योर्क ट्रिब्यूनका लागि उहााले लेखको प्रति लेख वापत पाउने पारिश्रमिक थियो । यो वास्तवमा माक्र्सको त्यति ठूलो परिवारका लागि पूर्णत अप्रयाप्त थियो । उहाँहरूले यसरी लगातार गरिबी, रिण र भूखको समेत सामना गर्नु प¥यो । घेरै पटक घरका चीजहरूलाई खानाका लागि धीतोमा राख्नु परेको थियो । माक्र्सका छ जना वच्चा थिए तर तीन जना वच्चामात्रै वाच्न सफल भए । जब उहाँको वच्ची छोरी मरीन उहाँको दाहा सस्कारका लागि जवसम्म केही पैसा जम्मा हुन सकेन तवसम्म केही दिन ढिलो गर्नु परेको थियो । माक्र्स आफैले पनि लगातार गम्भीर विरामीको सामना गर्नु प¥यो, जससंग उहाँले उहाँको काम सिद्धयाउन संघर्ष गर्नु परेको थियो ।
ती सबै आर्थिक कठिनाइहरूका अवधिभरी माक्र्सको परिवारका लागि प्रमुख सहयोग गर्ने एङ्गेल्स नै हुनुहुनथ्यो । १८४८ क्रान्तिको असफलता पछि एङ्गेल्सलाई उहाँको वाउको मेनचेष्टरमा रहेको फर्ममा काम गर्न वाध्य पारिएको थियो । उहाँले त्यहाँ २० वर्षसम्म काम गर्नु भयो, पहिलो पटक एउटा कलर्कका रूपमा र अनि १८८९सम्म अन्तीम पाच वर्षका लागि फर्ममा पार्टनरको रूपमा काम गर्नु भयो । यो अवधिभर उहाँले प्रयाप्त आम्दानी गर्नू भएको थियो,जसले गर्दा उहाँले माक्र्सलाई नियमित मद्त गर्न सक्नु हुन्थ्यो ।
एङ्गेल्सको सहयोग माक्र्सका लागि यद्धपि केवल आर्थिक मात्रै थिएन् । यद्धपि उहाँले त्यति धेरै समयको वचत गर्न सक्नु हुन्थेन किनभने उहाँको नोकरीको कारणले उहाँले आफ्नो अध्ययन गर्न र माक्र्सलाई मद्त सवै समय र परिश्रम खर्च गर्नु पर्दथ्यो । उहाँहरूले एकदमै नियमित चिठीपत्र पठाउने गनुहुन्थ्यो र लगातार विचारहरू आदानप्रदान गनुहुन्थ्यो । माक्र्सले सधैभरी प्रमुख सवालहरूमा खासगरी अन्तराष्ट्रिय मजदुर वर्गको आन्दोलनको सन्दर्भमा एङ्गेल्ससित सल्लाह मसविरा गर्ने गर्नु हुनथ्यो ।
उहाँहरूका प्रयासहरूले अन्त्यमा १८६४मा अन्तराष्ट्रिय मजदुर पुरूषको संगठन–पहिलो अन्तराष्ट्रियको निर्माणसंगै फल दियो । माक्र्स तुरून्तै यसका नेता बन्नु भयो र यसको पहिलो कार्यक्रम बनाउनका लागि र यसको विधान लेख्ने प्राथमिक जिम्मेवारी उहाँलाई दिइयो । अन्तराष्ट्रियको कार्यक्रमले यद्धपि कम्युनिस्ट घोषणापत्रका कडा शब्दहरू राखेको छैन् । पहिलो अन्तराष्ट्रिय, कम्युनिस्ट लिगजस्तै क्रान्तिकारीहरूको साना समूहहरूलाई सिमित गरिएको एउटा संगठन थिएन् । वास्तवमा अन्तराष्ट्रियका विभागका धेरै विशेषत तीनीहरू इगलैण्ड र फ्रान्सका, मजदुरहरूका विशाल मासका अनुयायीको प्रतिनिधित्व गर्ने संगठनहरू थिए । तै पनि, बहुसंख्यक ती संगठनहरूसंग एउटा स्पष्ट र सही बुझाई भएका थिएनन् । यद्धपि तिनीहरू मूलतः मजदुरहरूले बनेका थिए, चेतनाको स्तर कम्युनिस्ट लिगका छानिएका क्रान्तिकारीहरूको स्तरभन्दा सामान्यत तलै थियो । कार्यक्रम र विधान त्यसैले यसलाई दिमागमा राखेर बनाइएका थिए । सही लाइनलाई यसो गरेर प्रस्तुत गर्न पर्ने थियो ताकि अन्तराष्ट्रियका सदस्य संगठनहरूले स्विकार्य थियो । माक्र्स, उहाँको विशाल वैचारिक गहिराई र प्रयोगात्मक संगठनात्मक अनुभवले गर्दा त्यो समयका एउटा सक्षम त्यस्ता मानिस थिए जसले ती दस्तावेजहरूलाई ड्राफ्ट गर्न सक्दथे र त्यसैले त्यसको जिम्मा उहाँलाई दिइयो । पछिल्ला वर्षहरूमा पनि, उहाँ नै हुनुहुन्थ्यो , जसले प्रथम अन्तराष्ट्रियका सबै महत्वपूर्ण दस्तावेजहरूको ड्राफ्ट गर्नु भएको थियो ।
यो यसरी माक्र्सवाद मात्रै थियो जसले पहिलो अन्तराष्ट्रियका लागि वैचारिक, राजनीतिक र संगठनात्मक सही आकृति प्रदान गर्न सक्दथ्यो । यो परिदृश्यकोे कार्यान्वयनको अर्थ आन्दोलनभित्र जो उठने गर्दछन्, ती विभिन्न अराजकतावादी र अवसरवादी प्रवृतिहरूका विरूद्ध लगातार संघर्ष हो । अन्य चीजहरूका बीचमा अराजकतावादीहरूले बलियो संगठनको विरोध गरे जवकि अवसरवादीहरूले दृघ संघर्षको विरोध गरे । दुवै विचलनहरूसंग लडदै, माक्र्स र एङ्गेल्सले दुवै युरोप र अमेरिकामा मजदुरहरूलाई एकतावद्ध गर्दै, संघर्षको एउटा मास संगठनभित्र अन्तराष्ट्रिय निर्माण गर्नलाई काम गर्नु भयो । यसमा उहाँहरू मूलत सफल हुनुभयो । त्यही समयमा विश्वका औधोगिक देशहरूका धेरै ठाउँमा स्वतन्त्र सर्वहारावर्गीय पार्टीहरूको संगठन बनाउने नेतृत्वदायी भूमिका खेल्ु भयो ।
१८७१को ऐतिहासिक पेरिस कम्युनको समयसम्म त माक्र्सवादले १८४८ क्रान्तिको समयभन्दा यसको आफ्नो अवस्थालाई धेरै टाडा फडको मारि सकेको थियो । माक्र्सवाद केबल समाजवादको एउटा प्रवृतिका रूपमा मात्रै आफूलाई लामो समय राखेन् । इतिहासले काल्पनिक समाजवादको पहिलेको ट्रेडमार्कहरूलाई बगाएर लगिसकेको थियो र यो केबल माक्र्सवाद मात्रै थियो जसले पूर्ण प्रयोगात्मक महत्व राखेको थियो । माक्र्सवादलाई साना समूहहरूमा मात्रै लामो समयसम्म सिमित नराखी यसले एउटा मास घटना बनीसकेको थियो । यसको प्रभाव विभिन्न औधोगिक देशहरूमा सर्वहारा आन्दोलनका रूपमा फैलिसकेको थियो । यसले स्वतन्त्र सर्वहारा पार्टीहरूलाई वैचारिक नेतृत्व प्रदान गरयो । यसले एउटा विशाल सर्वहारा आन्दोलनतर्फ अगाडि बढयो, जसले पुँजीपतिलाई हाँक दिन सुरू गरिसकेको थियो । माक्र्सवादले यसको सम्वन्धलाई विशाल मजदुर वर्गका जनसमुहहरूसम्म फैलाएको थियो ।

Singhhukum683@gmail.com