क्रान्तिकारी युवासंघ नेपालव्दारा युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापनपत्र बुझाइ पत्रकार सम्मेलनमार्फत जानकारी प्रदान

क्रान्तिकारी युवासंघ नेपालव्दारा युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापनपत्र बुझाइ पत्रकार सम्मेलनमार्फत जानकारी प्रदान

२७ पौष काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवासंघ नेपालले यही पौष २५ गते युवा तथा खेलकुद मन्त्रीलाई भेटी आफना ४३ बूँदे मागसहीत ज्ञापनपत्र बुझाएको जानकारी आज पौष २७ गते पत्रकार सम्मेलन मार्फत दिइएको छ ।
पत्रकार सम्मेलनमा उहाँहरुले यही २५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहीत ६ राजनीतिक दलहरुको केन्द्रीय संयुक्त संघर्ष समितिलले घोषणासभामार्फत फागुन २१ गते गरिने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई सशक्त बहिष्कार गर्ने भनी गरेको घोषणाप्रति पूर्ण समर्थन जनाउँदै उक्त केन्द्रीय संयुक्त संघर्ष समितिले अगाडि सारेका संघर्ष सम्बन्धी सबै कार्यक्रमहरुमा सक्रियतापूर्वक भाग लिई बहिष्कार आन्दोलनलाई सफल बनाउने प्रतिवद्धतासमेत जनाएको छ ।


केन्द्रीय संयोजक स्रूर्य तिमिल्सिनाको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधि मण्डलमा दोर्ची शेर्पा, शंकर शाही, सोम नगरकोटी, राज अधिकारी, पर्शुराम राई, विजय लामा र प्रकाश लामा हुनुहुन्थ्यो ।
ज्ञापन पत्रको विस्तृत जानकारी तल दिइएको छ ः

letter for yout and sports p 29