मोल

मोल

कविता

मोलमोलाइ छ
बजारमा
आयुक्त अरबमा
सदस्य करोडमा
मुख्यमन्त्री र मन्त्री
कुलपति उपकुलपति
तत् तत् स्थानानुरूप
भाउ भाउमा छन्
न्यायाधीश वा निर्देशक
राजदूत वा सचिव
मुख्य हाकिम
उदारवादी अर्थजालमा
डिजिटल उपनिवेशवादमा
फरक फरक मोलका छन्
जसरी सामानका
मोलभाउ उतारचढावमा
हुन्छन् त्यसरी नै
किलो र टनमा
गुलाम दास झोले छन्
पुरस्कार पदवी उपाधि छन्
दिनदिनै
तिनका दाम बढिरहेछन्
बजार भत्काउने उम्मेदवारको
खाँचो झनझन बढिरहेको छ