असार ५ झापा दमक/ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६ नम्बर ब्यूरोले झापाको दमकबाट भ्रष्टाचार विरोधी अभियानको उद्घाटन गरेको छ । विहिबार झापाको दमक बजारमा नारा जुलुश सहित बजार परिक्रममा गरि दमक बजारमा भ्रष्टाचार विरोधी अभियानको उद्घाटन सभा गरेको हो ।

उक्त सभाको प्रमुख अतिथी रहनु भएका पार्टी पोलिट ब्यूरो सदस्य तथा १६ नम्बर ब्यूरो इन्चार्ज सुरेन्द्र भण्डारीले जनताको जनवादी गणतन्त्र स्थापनाका लागि जनविद्रोहको आधीँबेरी ल्याउनु पर्ने भएको र त्यहि आँधीबेरी सिर्जना गर्नका लागि देशका भ्रष्टाचारी तथा दलालहरुको निश्तेज पार्न आवश्यक रहेको बताउनु भयो । त्यसका लागि क्रान्तिकारी कम्युष्टि पार्टीले देशैभरीबाट एकै दिन यो अभियान थालेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका पार्टीका केन्द्रिय सदस्य तथा १६ नम्बर ब्यूरो सेक्रेटरी विमल निरौलाले जनताको घरदैलो सम्म पुगेर जनताकै सूचनाका आधारमा भ्राष्टचारीहरुलाई कार्वाहि गर्ने योजना सहित पार्टीले असार ५ गते बाट भ्राष्टार विरोधी अभियानको थालनी गरेको बताउनु भयो । उहाँले यस अभियानलाई १६ नम्बर ब्यूरोका ५ जिल्ला ताप्लेजुङ्ग, पाँचथर , इलाम , झापा र मोरङ्गका जनता समक्ष पुर्याएर नागरिकलाई दुख दिने दलाल, नोकरशाही र भ्रष्टाचारीहरुलाई जनकार्वाही गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा झापा सेक्रेटरी जय आचार्य , पार्टीका केन्द्रिय सदस्य अप्सरा बानियाँ, पुष्प सुवेदी र क्रान्तिकारी टे्रड युनियान महासंघका सचिवालय सदस्य बद्री पाश्वान लगायतले भ्रष्टाचार विरोधी अभियानले परिवर्तनका बाधक भ्रष्टचारीहरुलाई अब क्रान्तिकारी माओवादीले भौतिक कार्वाहि गर्ने चेतावनी दिनु भयो । कार्यक्रमको संचालन पार्टीका केन्द्रिय सदस्य तथा मोरङ सेक्रेटरी सुमन पराजुलीले गर्नु भएको थियो ।






























