पोखरा, ५ असार । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर क्षेत्रीय ब्युरोले भ्रष्टाचार बिरोधि अभियानको एक पत्रकार सम्मेलन सङ्गै उद्घाटन गरेको छ । कार्यक्रममा प्रमुख अथिती पार्टीका बैकल्पिक पोलिट्ब्तुरो सदस्य तथा ब्यूरोका सेक्रेटरी कामरेड नारायण अधिकारिले पार्टीको एकता महाधिवेशनले पारित गरेको लाइन अनुरुप अहिले जनसङ्घर्सको चरण सुरु भएको बताउनु भयो ।
यो चरणको अबधी पार्टीको सचेत प्रयत्न, नेता कार्यकर्ताकोआत्मगत परिस्थिति र जनताको चेतनाको आधारमा तय हुने बताउनु भयो । पार्टीले अन्तिममा बल प्रयोगको सिद्धान्तलाई स्वीकार गर्दै शसस्त्र जनबिद्रोह मार्फत नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादमा जाने राजनैतिक कार्यदिशाको बारेमा बताउनु भयो ।

कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको उत्तर दिने काम पनि प्रमुख अथिती नारायण अधिकारी बाट भएको थियो । केन्द्रिय सदस्य तथा ब्युरो सचिवालय सदस्य कामरेड आकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य केन्द्रिय सदस्य तथा ब्युरो सचिवालय सदस्य कामरेड बाबुराम सुबेदि र संचालन केन्द्रिय सदस्य तथा सचिवालय सदस्य कामरेड बिक्रम थापाले गरेका थिय । कार्यक्रममा महान शहिदहरु प्रति एक मिनेट मौन धारण पनि गरिएको थियो ।
































