रैती, जनता र व्यवस्था : यथार्थ कि भ्रम

रैती, जनता र व्यवस्था : यथार्थ कि भ्रम

प्रभात भट्टराई –

अध्याय :–एक
समाजका कुलीन वर्ग, दलाल पुँजीपति र अन्य शक्तिशाली व्यक्तिहरूले आफ्नो , लुट ब्रम्हलुटलाई चरम सीमामा पुर्याएका छन …र फलस्वरूप राज्यको पतन, मानवताको पीडा र समाजको अन्धकार पनि चरम सीमामा पुगेको छ। त्यसपछि सुधार र प्रतिरोधको उदय हुन्छ, र जनताको महान एकता प्राप्त हुन्छ यथास्थितिवाद, प्रतिक्रियावाद, प्रतिगमन, पश्चगमन, निरंकुशता तर्फ नभइ अग्रगमन, विकास, सर्वहारा वर्गको आफ्नो व्यवस्था जनताको जनवादी व्यवस्था तर्फ अगाडि बढ्छ । यहीँ नै इतिहासको सत्य हो ।
जनता वास्तविक नायक हुन् । जनता विधात हुन् । जनता शोषित, रैती मात्र होइनन्, जनताको जनवादी व्यवस्थाका मालिक पनि हुन् । जनता र राष्ट्रले खोजेको जनताको पुर्ण अधिकार सम्पन्न, सर्वहारा वर्गको अधिनायकत्व जनताको व्यवस्था जनवादी व्यवस्था हो । राजनीति वर्ग संघर्षको एक रूप हो । राजनीति अर्थतन्त्रको सघन रूप हो । राजनीति वर्गसंघर्षको माध्यम हो । मानव इतिहास वर्ग संघर्षको इतिहास हो । अभिजात वर्ग र सर्वाहारा वर्ग युगौ युगदेखि स्वामी र दास, सामन्त र रैती, मालिक र मजदुर बिचको लडाइ निरंतरतामा छ । वर्गीय राजनीति र वर्गीय राज्यसत्ता नितान्त फरक बिषय हुँदै होइन । यसबाट नियोजित कुलीन वर्गद्वारा निम्त्याएको राजनीतिक संकट र यसको हल भुइँ मान्छे, सर्वहारा वर्गको आफ्नै व्यवस्था जनताको जनवादी व्यवस्था हो । त्यसैले यो नितान्त वर्गीय बिषय हो । जबसम्म समाजमा वर्ग रहन्छ, तबसम्म वर्गसंघर्ष अनिवार्य नियम हो । बिडम्बना यी बिषयलाई एउटै टोकरीमा राखेर सत्तापक्षीय अमुख, कुलीन अभिजात वर्गको अनुकुलतामा सत्ता र बन्दुकको आडमा । अमुक, कुलीन अभिजात वर्गले जनहत्या गर्न सफल भएको छ ।
२००७ सालको कथित प्रजातन्त्र होस् या २००४६ सालको पञ्चायतको विरुद्ध कथित बहुदलीय व्यवस्था होस् या (२०५२) दस वर्षीय जनयुद्ध र ज्ञानेन्द्रको शाही कु, संकटकाल, प्रतिबन्ध २०६२/६३ को जनआन्दोलन (१७००० शाहादत ,हजारौंको व्यपक्तामा ,घाइते ,अपांग , बिस्थापन) भुइँ मान्छेहरुको त्याग, बलिदान भयो । सर्वहारा वर्गको त्याग बलिदानमा उहीँ अमुक, कुलीन, अभिजात वर्गसंगको सम्झौताको निरन्तरता पछिको कथित संघीय लोकतान्त्रिक गणतन्त्र आयो । प्रतिक्रियावादी,यथास्थितिवादी अर्धसामन्ती,अर्धआैपनिवेशिक,नोकरशाही दलाल पुँजीवादी संसदीय व्यवस्था लाद्न सफल भयो । सर्वहारा वर्गको त्याग बलिदानमा घात प्रतिघात गरी पानी फेर्ने काम भयो । सहिदको बलिदानलाई तिलान्जली दिइयो र कम्युनिस्ट पार्टीको आवरणमा संशाेधनवादी, सारसंग्रहवादी,मिलेराँवादी हाबी भयो- कम्युनिस्ट पार्टी र माओवादी पार्टीको आवरणमा । पहिचान सहितको संघीयता, समाजवाद,सहकारीप्रती बदनाम र भ्रष्टिकरण गर्ने कार्य सत्ता र बन्दुकको आडमा निरन्तर जारी छ । जनहत्यारो तानाशाही निरंकुशता,मुठ्ठीभर अभिजात वर्गको विरुद्ध जनयुद्ध र जन आन्दोलनको माग र त्याग ,बलिदानलाई ,जनभावनाहरुलाई कुण्ठित र हत्या गरियो र सर्वहारावर्ग मजदुर ,किसानको व्यवस्था जनवादी व्यवस्थाबाट बन्चित गरियो । संकटग्रस्त यो व्यवस्थाको बिकल्प अग्रगामी व्यवस्था जनताको जनवादी व्यवस्था नभई यति बेला यथास्थितिवादी ,प्रतिक्रियावादी अमुख,कुलीन,अभिजात वर्ग र क्रूर निरंकुश तानाशाही राजतन्त्र पञ्चे,मण्डले सबै धमिलो पानीमा माछा मार्न खोजिरहेका छन् । सर्वहारावर्गको माग र राष्ट्रकाे माग , सर्वहारा वर्ग,मजदुर ,किसानको जनवादी व्यवस्था हो । तर बिडम्बना दलाल ,भ्रष्ट ,प्रतिक्रियावादी ,यथास्थितिवादी अर्ध सामन्ती,अर्ध(नव) औपनिवेशिक,नोकरशाही दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प उहीँ पुरानो जनहत्यारो, सामन्ती,निरंकुश ,तानाशाह, कुलीन अभिजात वर्ग प्रतिगमन, पश्चगमन हो भन्ने भाष्य जबर्जस्त निर्माण गर्न खोजिएको छ । यथास्थितिवादी ,प्रतिक्रियावादीको विकल्प मरिसकेको लास, भुइँमान्छेले भुइँमान्छेको जनबलमा घाटमा सेलाइसकेको अस्तुलाई सलाइन पानी दिने र बचाएर जनतालाई रैती,दास,नोकर बनाउने र क्रूर निरंकुश ,तानाशाह र शाही कु लाद्ने धम्की दिइएको छ । त्यसैले दलाल भ्रष्ट ,यथास्थितिवादी ,प्रतिक्रियावादी राज्य सत्ताको बिकल्प निरंकुश तानाशाही पश्चगामी,प्रतिगमन हुन सक्दैन । याे असम्भव छ । नाममा मात्र सीमित कथित संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प जनताले प्रत्यक्ष अधिकार ,न्यायको अनुभव गर्न पाउने जनताको जनगणतन्त्र हो ।
क्रमसः