डोनाल्ड ट्रम्पको कर–युद्धसँग यसकारण चीन डराउँदैन

डोनाल्ड ट्रम्पको कर–युद्धसँग यसकारण चीन डराउँदैन

लोकनारायण सुबेदी

पछिल्लो समय एउटा  अप्रत्याशित निर्णय अन्तरगत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिश्वभरीका देशहरुका बिरुद्ध छेडेको कर युद्ध ९० दिनका लागि रोकेका छन् । यसो गर्नुको पछाडि के मनशाय रहेको छ भन्ने स्पष्ट पार्दै ट्रम्पले भनेका छन् कि उनी ‘रेसिप्रोकल ट्यारिफ(परस्पारिक कर) कर सम्वन्धि उनको निर्णयमा अहिले पनि अडिग रहेका छन् । बिश्वका ७५ वटा देश यस्ता छन् जसले ट्रम्पको यो ब्यबसायिक युद्ध बिरामबाट केही राहत त पाउने छन् । तर उनीहरुको यो सन्देह यस कदमले समाप्त भएको छैन कि ९० दिन पछि के हुन्छ ? त्यसपछि बढाएको भन्सार करको दर लागु भयो भने उनीहरुको कारोबारमा के कस्तो असर पर्ला ? साथै, अमेरिकाको मूख्य प्रतिस्पद्र्धी चीनलाई राहत दिनुको साटो अमेरिकाले चीनका सामानमाथि १२५ प्रतिशत भन्सार कर लगाउने गर्ने घोषणा गरेर प्रष्ट पारिदिएको छ कि उसले आफ्नै बैचारिक र ब्यबसायिक बिश्व प्रतिस्पद्र्धीसँगको कारोबारको मोर्चामा चलिरहेको यो ठूलो लडाईबाट पछि हटिरहेको छैन । यद्यपि चीनले पनि अमेरिकी सामानहरुमाथि भन्सार शुल्क बढाएर यथोचित जबाब दिइसकेको र दिइरहेको छ ।
यति बेला अमेरिकाका राष्ट्रपति ट्रम्पको यो ३ महिने रोकको घोषणाका साथै एशियाली देशहरु लगायत बिश्वभरीकै शेयर बजारहरुमा ठूलो उछाल आएको छ । अमेरिकी शेयर बजारले त सबैभन्दा ठूलो छलाङ्ग मारेको छ । जुन शेयर मार्र्केट ट्रम्पको कर बृद्धिको घोषणा पछि धेरै तल झरको थियो । ट्रम्पले यो ९० दिनका लागि रोक लगाउने निर्णय आफ्ना सहयोगहरुको सल्लाह अनुसार लिएका हुन् जुन निर्णय यतको पूर्बेली समय अनुसार बिहान सखारैको निर्णय थियो । के पनि यतिबेला भनिदैछ भने ट्रम्पको भन्सार कर बढाउने घोषणाबाट अमेरिका समेत बिश्वभरीकै शेयर बजारमा जुन गिरावट आएको थियो र लगानीकर्ताहरुको ठूलो रकम डुबेको थियो –त्यो झण्डै ३१ लख करोड जति हुनपुग्दछ, त्यस डुबाईबाट अरु त अरु अमेरिकामा नै चिन्ताको ठूलो लहर छाएको थियो । यो कर बृद्धिका बिरुद्ध अमेरिकाका सबै ५० राज्यहरुमा ट्रम्प बिरोधी प्रदर्शन पनि भएका थिए । त्यसको प्रमुख कारणनै त्यही बढाइएको भन्सार कर रहेको थियो । डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीको सरकारको लोकप्रियता यस कारणले गर्दा स्वयं अमेरिकामा त खस्किएकोे थियो नै त्यसले अन्तर्राष्ट्रिय पटलमा पनि अमेरिकाको तीब्र आलोचना भइरहेको थियो । एकथरी अमेरिकीहरुको के मान्यता रहेको देखिन्छ भने ट्रम्पको कदमले बिश्वभरी नै अमेरिकी सहयोगीहरुको बीचमा पनि अमेरिकाको साख यतिबेला गुमेको छ ।
चाहे यो पछिल्लो ट्रम्पको रोक लगाउने निर्णय केही दिनका लागि नै अघि बढेको होला तर ट्रम्प यस कदमलाई लिएर जस्तो किसिमले उत्साहित देखिन्छन् त्यसबाट लाग्दैन कि उनले यो कदम फिर्ता लिने छन् । उनले आफ्नो रिपब्लिकन पार्टी कार्यकर्ताहरुका बिचमा जे जस्तो भाषण दिएका छन् त्यसमा लोकतान्त्रिक किसिमले निर्बाचित राष्ट्रपति भएको हिसाबले होइन कुनै अनिर्वाचित तानाशाहको जस्तो ध्वनी निस्केको सुक्ष्म बिश्लेषकहरुले औंल्याएका छन् । पहिला त उनले के भनेका थिए भने ‘यो घोषणापछि अमेरिकामा यत्तिका धेरै पैसा आइरहेको छ कि त्यत्तिको पैसा पहिला कहिल्यै आएको देखिएको थिएन’ । तर यथार्थ त के छ भने अहिले यस निर्णयको ठिक ढंगले कार्यान्वयन नै गरिएको छैन तर पनि अमेरिकी नागरिहरुमा ठूलो चिन्ता देखिन्छ कि धेरैजसो बस्तुहरु उनीहरुलाई मँहगो पर्नेछन्, बिशेषगरी जुन बस्तुहरु अमेरिकाले बिदेशबाट आयात गर्न भर पर्नु पर्ने हुन्छ । त्यति मात्र पनि होइन, ट्रम्पले निर्लज्जतापूर्ब एउटा यस्तो गर्बोक्ति पनि गरे कि जुन शर्मलाग्दो र असंसदीय पनि छ, भनिन्छ जसलाई न उल्लेख गर्न सकिन्छ न त्यो अभिब्यक्त नै भन्न पनि भनेर बिश्लेषकहरु बताइरहेका छन् ।अमेरिकी शब्दाबलीमा  भनिएको उनको बयानको आशय के भएको बताइदैछ भने बिश्व एक किसिमले उनको पाउमा परिसकेको छ !
९० दिन  टाल्ने नीति ल्याए पछिको स्थितिले जुन उछाल आयो त्यही औंल्याउँदा काफी हुन्छ कि ट्रम्पको ‘ट्यारिफ–वार’ के कस्तो किसिमले शेयर बजारमाथि ठूलो बोझ बनेर थचारियो । त्यसैले त अहिलेको यो ९० दिनको पछि कदम, चाहे केही दिनका लागि टार्ने कदम नै होस् त्यसले अहिले शेयर बजारको साश फर्किए जस्तै भएको देखिन्छ । स्वयं अमेरिकी बजार यस कदम पछि खुशी भएर झुमेको देखिनाले कुरा प्रष्ट हुन्छ कि राष्ट्रपति ट्रम्पको यो फैसला(भन्सार कर बढाउने फैसला) अमेरिकी लगानीकर्ताहरुले पनि झेल्न सक्ने छैनन् । यसका साथै के पनि प्रष्ट भइसकेको छ भने १९९१ मा अमेरिका प्रबर्तित बिश्व अर्थब्यवस्थालाई ट्रम्पले कत्ति पनि वास्ता गर्दैनन् । उसै पनि ‘अमेरिका फस्र्ट’ भन्ने नारामा चुनाव जितेर दोश्राो पटक सत्ता सम्हालेका ट्रम्पको यस कदमले अबको तीन महिनाभरी बिश्वको ब्यबसायमा उतार चढाव आइरहनेछ । अरु जे भए पनि ट्रम्पका बिशेष मानिएका एलन मस्कलाई यस उछालबाट ठूलो लाभ मिल्ने सूचना भने बाहिर आएको छ । हालै एउटा भिडियो प्रकाशमा ल्याइएको थियो जसमा ट्रम्प के बताइरहेका हुन्छन् भने ट्रम्पको यस कदमले उनका केही मित्रहरुलाई कत्तिको धेरै लाभ पुगिरहेको छ ।
हुन त जुन चीनलाई पाठ सिकाउने नाममा डोनाल्ड ट्रम्पले यत्रो ठूलो प्रपञ्च रचे र सारा बिश्वालई यसको चपेटामा ल्याए त्यो चीन भने बिश्वमा ठूलो तरंग पैदा हुँदा पनि एकदमै निश्चिन्त भएर चलिरहेको छ । आफ्नो कूल उत्पादनको झण्डै ७० प्रतिशत उत्पादन चीनले निर्यात गर्ने गर्दछ । त्यो पनि आफ्ना देशका जनतका आवश्यकतालाई पूरा गरेपछि । चीन अमेरिकी बस्तुहरुमाथि त्यति निर्भर रहेको छैन जत्तिको अमेरिका चीनमाथि निर्भर छ । चीनलाई यदि अमेरिकी बजारका  मँहगो लाग्यो भने उसले आफ्ना उत्पादन अन्य मुलुकमा उतार्न सक्छ । चीन आफ्ना सस्ता उत्पादनहरु शनदार बन्दोबस्ती(लोजिस्टिक्स)कासाथ र तीब्र पहुँच(डेलिभरी) कारण कुनै पनि देशको सामना गर्न सक्षम छ र गर्दछ । धेरैजसो एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरु मँहगा अमेरिकी बस्तुहरुको साटो सस्ता चिनीया सामाग्रहीहरुलाई मन पराउन सक्दछन् । ट्रम्पको कर युद्ध धेरै देशहरुका लागि बिनाशकारी ठहरिन सक्छ । तर चीनले त्यसप्रति वेवास्ता गर्नु कुनै नौलो कुरा होइन । कतिपय बिशेषज्ञहरुको को त के पनि निष्कर्श छ भने यो अमेरिकी दाउ चीनका लागि ठूलो बरदान साबित हुन सक्तछ । बिशेषगरेर म्यानुफ्याक्चरिकङ्ग, इलेक्ट्रोनिक उपकरण, स–साना कलपूर्जादेखि लिएर ठूला मेशिनहरु आदिका लागि चीनलाई नयाँ नयाँ बजारहरु मिल्न सक्तछन् ।
सम्भवतः यसबाट के साबित हुन सक्छ भने कुनै पनि अदूर्दर्शीतापूर्ण निर्णय लिनाले जुन नोक्सानी हुने गर्दछ त्यो फिर्ता लिने या केही दिनका लागि टाल्दिने कुरा पनि अझ बिनाशकारी साबित हुने गर्दछन् । अब प्रतिक्षा गरिनै पर्दछ कि तीन महिना पछि जब ट्रम्पले अहिले रोकेको उनको कर–युद्ध पुनः लागु गर्नेछन् त्यसको असर कुन कुन देशमा  के कत्तिको पर्न सक्तछ । अनुमानतः धेरैजसो देशहरु यसको सामना गर्ने तयारी गर्न सक्षम होऊन् ! कतिपय देश ट्रम्पको अनिश्चयकारी गतिबिधिको भ्रममा परेर ट्रम्पको हातमा खेले भने तिनलाई पर्ने नोक्सानीको अनुमान लगाउन पनि कठिन हुनजाने बिभिन्न देशका बिश्लेषकहरु औंल्याइरहेका छन् । त्यसैले ट्रम्पले तीन महिना या ९० दिनका लागि रोकेको कर–युद्ध पुनः शुरु हुँदा कसको स्थिति के कस्तो होला अहिले नै पूर्बानुमान गर्न कसैले नसक्ला । तर पनि समयमै सतर्क रहनु बुद्धिमानी होला । अग्रेजी उखान कि ‘समय मै फाटेको सिलाए नौ पटक नोक्सानी हुनबाट बचिन्छ’ (क्तष्अज ष्ल तष्mभ कबखभक लष्लभ)भन्ने उखान यस सन्दर्भमा निकै मननीय लाग्दछ ।