नयाँ वर्षको दिन १ नंं अभियान टोलीद्वारा ६ वटा कोणसभा सम्पन्न, सहिद परिवारसँग भेटघाट (फोटोफिचर)

नयाँ वर्षको दिन १ नंं अभियान टोलीद्वारा ६ वटा कोणसभा सम्पन्न, सहिद परिवारसँग भेटघाट (फोटोफिचर)

रौतहट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको केन्द्रीय अभियान टोलीले सोमबार तथा २०८२ बैशाख १ गते रौतहट जिल्लाका विभिन्न स्थानमा ६ वटा कोणसभा सम्पन्न गरेको हो । प्राप्त जानकारी अनुसार विहान टोलीले पार्टीका स्थानीय नेता भरत महराले आफ्नो व्यक्तिगत पहल र प्रयत्नमा निर्माण भएको श्री दलित जनसामुदायिक प्राथमिक विद्यालय वृन्दावन नपा–६ कमलापट्टीको अवलोकन ग¥यो । त्यसपछि अभियान टोलीले वृन्दावन नपा–६ हर्षाह बजारमा कोणसभा सम्पन्न ग¥यो । कोणसभाको सञ्चालन रौतहट जिल्ला इन्चार्ज प्रल्हाद साहले गर्नुभयो भने सम्बोधन टेकबहादुर विकले गर्नुभयो ।


अभियान टोलीका नेता श्रीसले दिएको जानकारी अनुसार अभियान टोलीले चन्दपुर नपा–१० बालचनुपुर बजारमा दोस्रो कोणसभा ग¥यो । कोणसभालाई महिला नेतृ शारदा महतले सम्बोधन गर्नुभयो भने सञ्चालन जिल्ला इन्चार्ज साहले गर्नुभयो ।


त्यस्तै तेस्रो कोणसभा बरुण नपा–८ स्थित विर्ता चोकमा सम्पन्न भयो । सञ्चालन साह र सम्बोधन नेता रामसिंह श्रीसले गर्नुभयो । त्यसैगरी गढीमाई नपा–१ को समनपुर बजारमा सम्पन्न भएको चौथो कोणसभालाई विदरेन्द्र कुृमार यादवले सम्बोधन गर्नुभयो भने सञ्चालन प्रल्हाद साहले गर्नुभयो ।


अभियान टोलीले गढीमाई नपा–९ को मलाही बजारमा पनि कोणसभा सम्पन्न ग¥यो । यो पाँचौ कोणसभालाई पवन पटेलले सञ्चालन गर्नुभयो र सम्बोधन प्रल्हाद साहले गर्नुभयो ।
त्यसैगरी छैठौं कोणसभा माधनव नारायण नपा–४ मानपुर बजारमा सम्पन्न भयो । यहाँको कोणसभालाई टेकबहादुर विकले सम्बोधन गर्नुभयो भने सञ्चालन साहले गर्नुभयो ।

यहाँ कोणसभासँगै अभियान टोलीले सहिदपरिवारलाई पनि भेट्ने काम ग¥यो । गरुडा नपा –९ का मेधु पासवान, छठु पासवान र लालबाबु दास (सहिद परिवार)सँग भेटघाट गर्ने काम भयो ।
कोणसभा गरिएका र यन्यत्र पनि पर्चा वितरण र भित्ते लेखनका कामहरु पनि सम्पन्न गरिएका छन् ।