क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनसम्बन्ध विस्तार अभियान जारी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनसम्बन्ध विस्तार अभियान जारी

केन्द्रीय अभियान टोली नवलपरासी आउने

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न जनसम्बन्ध विस्तार अभियान जारी राखेको छ ।
देशमा पुर्नरोत्थानवादी शक्तिहरु सल्बलाएको भन्दै पार्टी केन्द्र र ब्युरोको योजना अनुसार जिल्लामा डेढ महिनाको जनसम्बन्ध विस्तार अभियान संचालनको निर्णय गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले केन्द्रले चैत्र ४ गते देखि २०८२ बैशाख १८ गते सम्म तय गरेको अभियानलाई सफल बनाउन अभियान तीब्र रुपमा संचालित रहेको बताउनुभयो ।
अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने , पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , प्रचार तथा जिल्लाको संर्घषको खाका तयार गर्ने काम भइरहेको उहाँको भनाई छ ।
जिल्ला सेक्रेटरी पाण्डेयले अभियान संचालनको क्रममा पार्टी सदस्यहरुलाई अनिवार्य सेलमा आबद्ध गर्ने , एक पालिका एक नमुना वडा, पार्टीको पालिका अधिबेशन, जनताको मुद्धा लिने र स्थानीय संर्घषको थालनी गर्ने ,उत्पादनसंग जोेडेर पार्टीलाई आत्मनिर्भर बनाउन प्रयत्न समेत भइरहेको जानकारी दिनुभयो ।
जन सम्बन्ध विस्तार अभियानको चरण बि.स. २०८१ चैत्र ४ गते देखि २०८२ बैशाख १८ गते सम्म र त्यसको समिक्षा पछि २०८२ बैशाख २० देखि असार ५ सम्म पुनः डेढ महिनाको संगठन विस्तार तथा सुदृढ अभियान संचालन गरिने उहाँले जानकारी गराउनुभयो ।
जिल्लाको सापेक्षतामा जनसम्बन्ध विस्तार अभियान सुस्ता गाउँपालिकाबाट शुरु गरेर पाँच वटा पालिकामा सांगठनिक काम समेत भएको पार्टीले जनाएको छ । जिल्ला पार्टी बैठक , आवश्यकता अनुसार जिल्ला कार्यालय र सचिवालय बैठक , सुनवल , बर्दघाट, रामग्राम नगर संगठन समिति , सुस्ता र प्रतापपुर गाउँ पार्टीको बैठक, चैत्र ५ सांस्कृतिक प्रतिरोध दिवसमा कवि सम्मान, स्ववियुका उम्मेदवार सम्मान, बर्दघाट–४ मा युवा भेला र प्रतापपुर –५ मा युवा र महिला भेला , प्रतापपुर ९ मा किसान भेला , सुनवल–७ मा अस्नैयामा कोण सभा , सुस्ता –१ फेचुवामा मसाल जुलुस सहित कोणसभा , सुस्ता–२ फेनहरामा पर्चा वितरण, मोटरसाइकल ¥याली सहितको कोणसभा परासी र बर्दघाटमा भएको सेक्रेटरी पाण्डेयको भनाई छ ।
२०८२ बैशाख ५ गते पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्दशन नेतृत्वको केन्द्रीय अभियान टोली नवलपरासी आउने समेत पार्टीले जनाएको छ ।
केन्द्रीय टोलीको स्वागतार्थ कार्यक्रम पछि सुनवल र भुमहीमा कोण सभा, पत्रकार सम्मेलन, परासीमा क्रियाशिल राजनैतिक दल, नागरिक समाज एंव उद्योगी ब्यवसायी र बुद्धिजीवी सम्मिलित अन्तरक्रिया, बेलाशपुर,महेशपुर, गोपीगंज, बेलाटारी, सुस्ता,जिमिरेभार र बर्दघाटमा जनभेटघाट तथा कोणसभा कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ ।