सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको १ नं अभियान टोलीले चैत्र ३० गते सर्लाही जिल्लाका विभिन्न स्थानमा कोणसभा, भित्तेलेखन तथा पर्चा वितरण लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

प्राप्त जानकारी अनुसार पहिलो कोणसभा ब्रम्हपुरी बजारमा सम्पन्न गरियो । यो कोणसभालाई रामनारायण सिंहले सम्बोधन गर्नुभयो । त्यसैगरी आजको दोस्रो कोणसभा भेल्ही बजारमा सम्पन्न भयो । यहाँको कोणसभालाई पनि रामनारायण सिंहले गर्नुभयो । त्यसैगरी रामनारायण सिंहकै सम्बोधनमा तेस्रो कोणसभा त्रिभूवन नगरमा सम्पन्न भयो ।

त्यसैगरी सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको चौथो कोणसभालाई नेता रामसिंह श्रीसले सम्बोधन गर्नुभयो । अभियान टोलीले सिरसिया चोकमा जनसाधारणसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।

गैरमा पाँचौ कोणसभा सम्पन्न गरियो । यहाँको कोणसभालाई टेकबहादुर विक र रामनारायण सिंहले सम्बोधन गर्नुभयो । जिल्लाको नवलपुरमा भएको छैठौं कोणसभालाई टेकबहादुर विकले सम्बोधन गर्नुभयो ।

त्यसैगरी हरिवनमा सम्पन्न सातौ कोणसभालाई नेता रामसिंह श्रीसले सम्बोधन गर्नुभयो ।

आजै सम्पन्न सोल्टी बजारको आठौं कोणसभालाई टेकबहादुर विकले सम्बोधन गर्नुभयो भने बरहथवा बजारमा सम्पन्न नवौ कोणसभलाई नेतृ शारदा महत र रामनारायण सिंहले सम्बोधन गर्नुभयो । सबै कोणसभाहरुको सञ्चालन पार्टीका सर्लाही सचिव सन्ध्या प्रधानले गर्नुभएको थियो ।
अभियान टोलीले कोणसभा सम्पन्न भएका स्थानहरुमा भित्तेलेखन र पर्चावितरणका कार्यलाई पनि सँगसँगै सम्पन्न गरेको छ ।




























