‘जनसम्बन्ध विस्तार अभियान’ घनिभूत : देशव्यापी बन्दै ‘जनगणतन्त्र’को बहस

‘जनसम्बन्ध विस्तार अभियान’ घनिभूत : देशव्यापी बन्दै ‘जनगणतन्त्र’को बहस

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको मूलधारको नेतृत्व गरिरहेको मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनसम्बन्ध विस्तार अभियान’ अभियानमार्फत् जनगणतन्त्रको बहसलाई देशव्यापी बनाइरहेको छ र जनताको घर घरमा पु¥याइरहेको छ ।

जनभेटघाट, भित्तेलेखन, पर्चा वितरण, कोणसभा, जनसभा, अन्तरक्रिया, पत्रकार भेटघाट (सम्मेलन), सहिद परिवारजनसँग भेटघाट छलफल लगायतका विविध सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमहरुद्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रबाट गठित चारवटा अभियान टोली, ब्यूरो र जिल्लाका अन्य अभियान टोलीले अबको अग्रगामी राजनीतिक विकल्पको रुपमा ‘जनगणतन्त्र’को एजेण्डालाई देशव्यापी रुपमा चर्चा, छलफल, बहसको विषय बनाइएको छ ।
चैत्र ४ गतेबाट सुरु गरिएको ‘जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गत केन्द्रीय अभियान टोलीले आइतबारसम्म (चैत्र ३०)मा लगभग ३६ वटा जिल्लामा अभियान सञ्चालन गरिसकेको छ । यस अवधिमा सयौं स्थानमा कोणसभा, भित्तेलेखन, जनभेटघाट सम्पन्न भइसकेका छन् भने हजारौको संख्यामा पर्चा वितरण गरिसकिएको छ ।

पार्टीका स्थायी समिति सदस्य रामसिंह नेतृत्वको १ नं. अभियान टोलीले हालसम्म पाँचथरमा चैत्र ४–५, तेह्रथुममा ६–९, धनकुटामा १०–१३, भोजपुरमा १४–१७, खोटाङमा १८–२०, सिराहामा २१, धनुषामा २२–२३, महोत्तरी २४–२६ मा र सर्लाही २७–३० गरी ९ वटा जिल्लाका सयौ स्थानमा अभियान सञ्चालन गरिसकेको छ । यो अभियान टोलीले अब रौतहटमा ३१–३, बारामा ४–७, पर्सा ८–९, मकवानपुर १०–१२ र ललितपुर १३–१६ हुँदै बैशाख १७ मा काठमाडौं आइपुग्नेछ । र, बैशाख १८ मा हुने मे दिवसमा आयोजित वृहत् जनसभासँगै अभियानको समापन समारोहमा सहभागी हुनेछ ।

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतीकको नेतृत्वमा रहेको अभियान २ नं. टोलीले झापामा चैत्र ४–६, मोरङमा ७–१०, सुनसरीमा ११–१४, उदयपुरमा १५–१८, सप्तरीमा १९–२०, सिराहामा २१–२४, ओखलढुंगामा २५–२९ मा अभियान सञ्चालन सम्पन्न गरिसकेको छ भने अहिले सिन्धुलीमा ३०–२ अभियान जारी रहेको छ । त्यसपछि यो अभियान टोलीले रामेछापमा बैशाख ३–५, दोलखा ६–९, सिन्धुपाल्चोक १०–१२, काभ्रे १३–१६, भक्तपुर १७ मा अभियान सम्पन्न गर्दै बैशाख १८ मा हुने विशेष समारोहमा सहभागी हुनेछ ।

त्यस्तै पार्टीका अर्का स्थायी समिति सदस्य कृष्ण पौडेल कुमुद नेतृत्वको ३ नं. अभियान टोलीले हालसम्म कंचनपुरमा चैत्र ४–७, कैलालीमा ८–१२, बर्दियामा १३–१६, बाँकेमा १७–२०, सुर्खेतमा २१, जाजरकोटमा २२–२४, रुकुममा २५–२८ अभियान सञ्चालन गरिसकेको छ भने बागलुङमा २९–२ सम्म सञ्चालनको प्रक्रियामा रहेको छ । यो अभियान टोलीले अब पर्वतमा बैशाख ३–४, कास्कीमा ५–८, तनहुँमा ९–११, लम्जुङमा १२, गोरखामा १३, नुवाकोटमा १४–१६ र काठमाडौं मा १७ मा अभियान सञ्चालन गर्दै वैशाख १८ मा हुने विशेष कार्यक्रमसहितको अभियान समापन समारोहमा सहभागी हुनेछ ।

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको नेतृत्वमा रहेको ४ नं. अभियान टोलीले पनि बैतडीमा चैत्र ४–५, डडेलधुरामा ६–९, डोटीमा १०–११, अछाममा १२–१४, दैलेखमा १५–१८, सुर्खेतमा १९–२१, दाङमा २२–२५, प्युठानमा २६–२८ र अर्घाखाँची २९–३० मा अभियान सञ्चालन गरिसकेको छ भने अब कपिलवस्तुमा ३१–१, रुपन्देहीमा २–५, नवलपरासीमा ६–७, नवलपुरमा ८–१०, चितवनमा ११–१४, धादिङमा १५–१६ र काठमाडौंमा १७ गते अभियान सञ्चालन गर्दै वैशाख १८ मा मे दिवसको दिन गरिने वृहत जनसभासहितको अभियान समापन समारोहमा सहभागी हुनेछ ।

प्राप्त जानकारी अनुसार चैत्र २९ गते शनिबार ४ वटै टोलीले कोणसभा, भित्तेलेखन, पर्चा वितरणलगायतका कार्यक्रमलाई निरन्तर रुपमा सम्पन्न गरेका छन् । १ नं अभियान टोलीले शनिबार सर्लाही जिल्लामा एकवटा जनसभा र ९ वटा कोणसभा सम्पन्न गरेको छ ।
पहिलो कोणसभा : सर्लाही जिेल्लाको बयलबास बजारको बसपार्कमा कोण सभा भयो । उक्त कोणसभालाई पार्टी सिसिएम टेकबहादुर विकले सम्बोधन गर्नु भएको थियो ।

दोस्रो कोणसभा : बयलबास पोखरी टोलमा कोण सभा भयो । यो काणसभालाई पार्टी पिविएम शारदा महतले सम्बोधन गर्नु भएको थियो ।
तेस्रो कोणसभाः सर्लाही जिल्लाको इश्वरपुर नपाको खैराबजारमा कोणसभा सम्पन्न भयो, जसलाई सम्बोधन पार्टी पिविएम कृष्णदेव दनुवारले गर्नु भएको थियो ।
चौथो कोणसभाः पोखरीया बजारमा भयो जसलाई सम्वोधन पिविएम कमरेड रामनारायण सिंहले गर्नु भयो ।
जनसभा : अभियान टोलीले बयलबास बजारको चोकमा एक जनसभा सम्पन्न गरेको छ, जसमा पार्टी पिविएम शारदा महत, पिविएम कृष्णदेव सिहं दनुवार र पार्टी स्थायी समिति सदस्य तथा टोली प्रमुख रामसिंह श्रीसले सम्बोधन गर्नु भएको थियो।
पाँचौ कोणसभाः सर्लाही जिल्लाको फुलजोर चोकमा कोण सभा सम्पन्न गरिएको थियो । पार्टी सिसिएम इश्वर ढुंगेलले कोण सभालाई सम्बोधन गर्नु भएको थियो ।
छैटौं कोण सभा : सर्लाहीकै लालबन्दी बजारमा कोणसभा सम्पन्न गरिएको थियो । जसलाईलाई पार्टी सिसिएम टेकबहादुर विकले सम्बोधन गर्नु भएको थियो ।
सातौं कोणसभा : लालबन्दी बजारको अर्को चोकमा गरिएको कोणसभालाई पार्टी पिविएम कृष्णदेव दनुवारले सम्बोधन गर्नु भएको थियो ।
आठौं कोणसभा : इश्वरपुर नपाको खाल्टे बजार इश्वरपुरमा कोण सभा भयो, जसलाई पार्टी पिविएम कृष्णदेव दनुवारले सम्बोधन गर्नु भएको थियो ।
नवौ कोणसभा : बयलबास बजारमा भयो, जसलाई पार्टी पिविएम रामनारायण सिंहले गर्नु भएको थियो ।
सबै कोणसभाहरुको सञ्चालन जिल्ला पार्टीको सचिव सन्ध्या प्रधानले र जनसभाको सञ्चालन टेक बहादुर बिकले गर्नुभएको थियो ।

त्यसैगरी २ नंं अभियान टोलीले अभियानको छब्बीस औं दिन अर्थात् चैत्र २९ गते ओखलढुङ्गा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ४ फेदिगुठमा कोणसभामा गरिएको छ । सभामा अभियानबारे र पार्टीको धारणा एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य तथा पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले राख्नुभएको हो । भित्तेलेखन ५१ वटा स्थानमा सम्पन्न गरिएको छ ।

उता ३ नं. अभियान टोलीले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ को बुर्तिवाङ बजारमा ३ नम्बर अभियान टोलीले “राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प” विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेल हुनुहुन्थ्यो । प्रमुख अतिथि कृष्णराज पौडलले अन्तरक्रिया कार्यक्रममा बिषयबस्तु राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता बाग्लुङ जिल्ला सचिवालय सदस्य गुञ्जयमान घर्तिमगरले गर्नु भएको थियो । सञ्चालन तिलक बुढाले गर्नुभएको थियो ।

अतिथिमा पार्टीका पिबिएमहरु केश बहादुर परियार, शेरबहादुर देउवा र नारायण योगी हुनुहुन्थ्यो । वैकल्पिक पिबिएम जितामित्र सुनार र केन्द्रीय सदस्यहरु दिलबहादुर कठायत र झनक श्रेष्ठको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि नरबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का हरि कुँवर, माओवादी केन्द्रका नगर अध्यक्ष हेमचन्द्र घर्ती मगर, एमाले प्रतिनिधि फारम बहादुर कुँवर, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि बाल सम कुँवर, स्वतन्त्र बाम बुद्धिजीवी दल बहादुर भण्डारी, पत्रकार महासंघका लोकेन्द्र सुनार, ईन्द्रमणी पाण्डे र कुलबहादुर छन्त्यालले आआफ्नो विचार राख्नु भएको थियो । अन्तक्र्रियामा उठेका बिषयहरुमा कृष्णराज पौडेलले प्रष्ट पार्नुभएको थियो । अभियान टोलीले बजार क्षेत्र वरिपरि ब्यापक पर्चा वितरण गर्नुका साथै वाल पेन्टिङ पनि गरेको थियो ।

त्यस्तै ४ नं. अभियान टोलीले अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा आयोजना कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले दलाल, पुँजीपतिहरुको कब्जामा देशको अर्थतन्त्र पुगेको भन्दै यसले गर्दा जनता झनै गरिबीको चक्रमा फस्दै गएको बताउनुभयो ।

उहाँले अहिले राजावादीहरुले टाउको उठाइरहेको भन्दै यसको प्रमुख कारण अहिलेको दलहरुका गतिविधिका कारण भएको बताउदै अहिले राजावादी सल्बलाएका छन्, एकपटक जनताले रिजेक्ट गरेको राजसंस्था फेरी सल्बलाउनु भनेकै अहिलेको दलाल सरकारको उपज हो, उनीहरुकै कारण यो अवस्था आएको बताउदै वित्तिय संस्था, मिटरव्याज जस्ता नयाँ रुपका साहुँहरुले जनतालाई उठिबास लगाएकाले अब क्रान्तिकारी कम्युनिष्ट पार्टी यसका विरुद्ध जनतालाई एकता बनाएर जाने बताउनुभएको छ ।
कार्यक्रममा पोलिटव्युरो सदस्य धनिश्वर पोखेल, प्रेम सुवेदी, श्याम ब बोहोरा, लालब जाग्री, कृष्ण केसि,नरेन्द्र थापा ,केन्द्रीय सदस्य हुकुम खड्का नवीन खड्का, दिनेश थापा, राजेन्द्र नेपाली लगायतले मन्तब्य राख्दै जनताका पक्षमा आफ्नो पार्टीले अभियान सञ्चालन गरेर छरिएर रहेका कम्युनिस्टलाई एकीकृत गर्ने बताएका थिए ।

यो टोलीले शुक्रबार प्यूठानको बिजुवारमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो । सुदर्शनले अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सुदर्शनले विश्व राजनीतिमा साम्राज्यवादीहरू संकटमा पर्दै गएको र साम्राज्यवादको आडभरोसामा टिकेका नेपाल जस्ता उत्पीडित देशका प्रतिक्रियावादी शासकहरू पनि संकटमा पर्दै गएको बताउनु भयो । सुदर्शनले अगाडि भन्नुभयो, “यो अबस्थामा छरिएका क्रान्तिकारीहरू ध्रुबीकृत हुँदै गएर ,शक्ति बलियो बनाउँदै गएर सत्ता कम्युनिस्टले लिनुपर्दछ । जनतालाई यो शिक्षा दिनु पर्दछ । प्रतिकृयावादी सेनाको क्याम्प र प्रहरीका क्यामपमा बसेका सेना प्रहरीहरूलाई पनि यो शिक्षा दिनु पर्दछ । हामीले उनीहरुलाई बुझाउनु पर्दछ ।”

कार्यक्रममा पोलिटब्युरो सदस्यहरू केबि गुरुङ, शशिधर भण्डारी, लालबहादुर जाग्री, माओवादी केन्द्रका जिल्ला अध्यक्ष प्रभात के सी, नेपाल बामपन्थी कम्युनिस्ट पार्टीका संयोजक राजकुमार कक्षपति, निबृत्त शिक्षकहरू टोपाराम आचार्य, कृष्ण प्रशाद पोख्रेल, प्यूठान क्याम्पसका प्रतिनिधि देविराम वैदिक, साहित्यकार सुमन सुवेदी, हार्डवेर व्यवसायी संघ प्यूठानका अध्यक्ष रमेश पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उठेका प्रश्नहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले स्पष्टीकरण दिनु भएको थियो । अन्तरकृया कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यूठानका ईन्चार्ज टिकाराम पौडेल, सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यूठानका जिल्ला सचिब बिरबहादुर पुनले गर्नुभएको थियो ।