१६ नम्बर ब्यूरोले १३४ औँ अन्तराष्ट्रिय मजदुर दिवश (मेडे) भव्य रुपमा मनाउने

१६ नम्बर ब्यूरोले १३४ औँ अन्तराष्ट्रिय मजदुर दिवश (मेडे) भव्य रुपमा मनाउने

चैत्र ३० मोरङ्ग । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६ नम्बर ब्यूरोले आउदो १३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा मनाउने भएको छ । ३० गते शनिबार मोरङ्गको पथरी नगरपालिकामा अगुवा कार्यकर्ता भेला गर्दै ब्यूरोले यहि आउदो वैशाख १८ गते विहिबार पर्ने मजदुर दिवस (मेडे) भव्य रुपमा मनाउने निर्णय गरेको हो ।


क्रान्तिकारी कम्युनिस्ट पार्टीले चलाई रहेको जनसम्बन्ध विस्तार अभियान अन्तर्गतनै १६ नम्बर ब्यूरोले अगुवा कार्यकर्ताको भेला गरेको छ ।
१६ नम्बर व्यूरोका सेक्रेटरी विमल निरौलाको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथी व्यूरो इन्चार्ज सुरेन्द्र भण्डारी रहनु भएको थियो । भण्डारीले क्रान्तिकारी पार्टी निर्माणका लागि सबैले इमान्दारीताका साथ लाग्नु पर्ने बताउनु भयो ।
भेलाको संचालन पार्टीका केन्द्रिय सदस्य पुष्प सुवेदीले गर्नुभएको थियो भने स्वागत मन्तव्य जय आचार्यले राख्नु भएको थियो ।
भेलामा १६ नम्बर ब्यूरो अन्तर्गत झापा र मोरङका अगुवा कार्याकर्ताहरुको उपस्थिती रहेको थियो ।
भेलाले मोरङको पथरी बजारमा नारा जुलुश सहित सभा गरेर १३४ औँ अन्तराष्ट्रिय मजुर दिवस भव्य रुपमा मनाउने निर्णय लिएको हो । पार्टीले देशैभरी संचालन गरिरहेको जनसम्बन्ध विस्तार अभियान वैशाख १८ गतेसम्म प्रभावकारी ढंगले अगाडि बढाउने र अभियानलाई केन्द्रिय कार्यक्रम अन्तर्गतै मजदुर दिवसकै दिन समापन गर्ने योजना पनि बनाएको छ ।