३ नं.अभियान टोली ३० गते विहान बुर्तिवाङबाट गल्कोटमा कोणसभा र भित्तेलेखन

३ नं.अभियान टोली ३० गते विहान बुर्तिवाङबाट गल्कोटमा कोणसभा र भित्तेलेखन

जितामित्र

चैत्र ३० गल्कोट ।
अभियान टोली ३० गते विहान बुर्तिवाङ बाट गल्कोट हिड्यो । बाटोमा पर्ने बजार क्षेत्रमा प्रचा वितरण र वाल पेन्टिङ गर्यो । गल्कोटको हटिया बजारमा वाल पेन्टिङ, पर्चा वितरण गर्नुका साथै हटिया बजारमा कोणसभा सम्पन्न भयो । कोणसभामा ३ नम्बर अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो । सम्बोधनमा उहाँले भन्नु भयो —“नेताहरुलाई हामीले भोट पनि हाल्नु पर्ने, कर तिरेर तलब भत्ता खुवाउनु पनि पर्ने र हाम्रा भोटले जितेकाले जनताको पक्षमा केही काम गर्नु नपर्ने । यो कस्तो बिडम्बना हो ? नेताहरुमात नैतिकता रहेन रहेन हामी जनताले पनि आलोचनात्मक चेत राख्न सकेनौ । हामी पनि सच्चिनु पर्छ ।”
कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य तथा पार्टी पिविएम नारायण योगीले गर्नु भएको थियो र उहाँल ‘उठ्नुपर्ने भो जुट्नुपर्ने भो’ भन्ने बोलको गीत पनि गाउनु भएको थियो । आजको वास गल्कोटको हटियाँ बजारमा ।