चैत्र २ गते ४ नं. टिमले जनसम्बन्ध बिस्तार अभियान सम्वन्धी रुपन्देहीमा सम्पन्न कार्यक्रमहरु

चैत्र २ गते ४ नं. टिमले जनसम्बन्ध बिस्तार अभियान सम्वन्धी रुपन्देहीमा सम्पन्न कार्यक्रमहरु

नविन खडका

प्रथम कोणसभा कंचन गाउँपालिका वडा नं. ३ हरैया बजारमा कोणसभा सम्पन्न, जसलाई पार्टी पोलिट्ब्युरो सदस्य लाल बहादुर जाग्री र स्थायी समिती सदस्य तथा अभियान टोलि नेता हेमन्त प्रकाश ओलि सुदर्शनले सम्वोधन गर्नु भएको थियो । कोणसभा संचालन पार्टी जिल्ला सदस्य तथा गाउँ समिती सचीव मनिराम सापकोटाले गर्नु भएको थियो ।


दोस्रो कोणसभा कंचन गाउँपालिका वडा नं. ४ थकाली चोक बजारमा सम्पन्न गरियो, जसलाई पोलिट्ब्युरो सदस्य तथा ५ नं. ब्यूरो इन्चार्ज प्रेम सुबेदीले सम्बोधन गर्नु भएको थियो भने संचालन पार्टी जिल्ला सदस्य तथा गाउँ समिती सचीव मनिराम सापकोटा गर्नु भएको थियो ।


तेस्रो कोणसभा कंचन गाउँपालिका वडा नं. २ गजेडी बजारमा सम्पन्न भयो । यसलाई संचालन गंगाधर शर्मा पार्टी गाउँ समिती सदस्य गर्नु भएको थियो भने सम्बोधन पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रिय कार्यालय सदस्य नवीन खड्काले गर्नु भएको थियो ।
चौथो कोणसभा कंचन गाउँपालिका वडा नं. १ बेलबरिया बजारमा सम्पन्न भयो । उक्त कोणसभाको संचालन गाउँ समिती सदस्य गंगाधर शमा गर्नु भएको थियो । सम्बोधन पोलिट्ब्युरो सदस्य धनेस्वर पोख्रेलले गर्नु भएको थियो ।


पाचौ कोणसभा कंचन गाउँपालिका वडा नं. ४ पुर्तिघाट संगम चोकमा सम्पन्न गरियो । जसलाई पोलिट्ब्युरो सदस्य तथा ३ नं. ब्युरो इन्चार्ज लाल बहादुर जाग्रीले सम्बोधन र जिल्ला सदस्य तथा गाउँ समिती सचीव मनिराम सापकोटाले संचालन गर्नु भएको थियो ।
ती सबै कार्यक्रमहरुमा व्यापक रुपले पर्चा बितरण गरिएका थिए ।