चैत्र २८ ३ नं. अभियानटोली रुकुम (पूर्व)बाट विदा भई बाग्लुङ जिल्लातर्फ प्रस्थान

चैत्र २८ ३ नं. अभियानटोली रुकुम (पूर्व)बाट विदा भई बाग्लुङ जिल्लातर्फ प्रस्थान

जितामित्र

चैत्र २८ गते रुकुम (पूर्व)
चैत्र २८ गते विहान थवाङबाट हिडेपछि अभियान टोलीले भुमे गाँउपालिकाको महतमा रहेको युद्ध स्मारकको अध्ययन अवलोकन गरेको थियो । त्यसपछि मध्य पहाडी राजमार्गमा रहेको भुमे गाँउपालिका –२ को खावाङ बजारमा कोणसभा तथा पर्चा वितरण गरियो । सम्बोधन वैकल्पिक पिबिएम तथा ३ नम्बर व्यूरो सचिव कमरेड दिपक शाहीले गर्नु भएको थियो । उहाँले अव देश पछाडि बाटो फर्कन हुदैन ,अहिले केही उपलब्धीहरु भएका छन्, तिनै उपलब्धीको जगबाट हामी अग्रगामी कार्यदिशा तर्फ अगाडि बढ्नु पर्छ भन्नुभयो । कार्यक्रम को सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो । कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने नारायण योगीले गीत गाउनु भएको थियो ।


अभियान टोली बाग्लुङ जिल्लाको र रुकुम पूर्व को सिमाना पातिहाल्नाबाट रुकुम पूर्वले विदाई गरेपछि अभियान बाग्लुङ जिल्लातर्फ अगाडि बढ्यो । ३२ सय ३० मिटर अग्लोमा रहेको पातिहाल्ना कुहिरोले ढकमक्क ढाकेको थियो । सामूहिक फोटो खिचेर विदाई गरियो ।

अभियान टोलीलाई स्वागत गर्न पार्टीका ५ नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम केशबहादुर परियार, केन्द्रीय वैकल्पिक सदस्य तिलक बुढा र जिल्ला सचिवालय सदस्य गुञ्जमान घर्तिमगर पातिहाल्ना पुग्नु भएको थियो । आज अभियान टोली बाग्लुङको बुर्तिवाङ बसेको छ । बाटोमा पर्ने लकेही स्थानहरुमा वाल पेन्टिङ पनि गरेको छ ।