प्रगतिवाद विशेषतः कला–साहित्यका क्षेत्रमा प्रचलित शब्द भए पनि यसले अन्य कतिपय विषय क्षेत्रमा पनि आफ्नो उपस्थितिलाई सगर्व प्रस्तुुत गर्नेगरेको छ । तर, यहाँ साहित्यका क्षेत्रमा, खासगरी नेपाली साहित्यका क्षेत्रमा प्रयोग गरिने प्रगतिवाद र प्रगतिवादी साहित्यलाई विषय बनाएर यो लेखन कार्यलाई अगाडि बढाइँदै छ । त्यसैले उक्त विषय–शीर्षकको परिचयलाई प्रथमतः यहाँ प्रस्तुुत गरिएको छ ।
१.विषयपरिचय
वर्तमान सन्दर्भमा साहित्यको अध्ययन गर्ने हो भने प्रगतिवाद र प्रगतिवादी धारालाई छोडेर वा यसलाई उपेक्षा गरेर कुुनै पनि साहित्यको अध्ययनलाई परिपाकको अवस्थासम्म पुु¥याउन सकिँदैन । त्यसैले नेपाली साहित्यको अध्ययनका लागि पनि प्रगतिवाद सम्बन्धी विषयको सामान्य जानकारी हुनु आवश्यक मानिन्छ ।
नेपाली साहित्यका क्षेत्रमा प्रगतिवादको प्रवेश अन्य साहित्यका सापेक्षतामा ढिलै भएको मानिन्छ । नेपाली साहित्यको आधुुनिक कालमा आएर मात्रै प्रगतिवाद शब्दको विधिवत् प्रयोग भएको देखिन्छ । अहिलेसम्म यसका प्रथम प्रयोक्ता नेपाली साहित्यका सन्दर्भमा कृष्णचन्द्रसिंह प्रधानलाई र प्रयोगको आरम्भ समय २००८ साललाई मानिएको छ । प्रगतिवादलाई साहित्य सौन्दर्य चिन्तनका क्षेत्रमा समाजवादी यथार्थवादका नामले पनि सम्बोधन गरिन्छ अथवा यसो भनौ समाजवादी यथार्थवादलाई नै नेपाली साहित्यका सन्दर्भमा प्रगतिवाद शब्दले पनि सम्बोधन गरिँदै आइएको छ । यस शब्दको प्रयोग नेपालीमा भन्दा पहिले नै हिन्दी साहित्यका क्षेत्रमा भएको देखिन्छ । त्यसपछि नेपालीमा पनि त्यही शब्दलाई सर्लक्क ग्रहण (द्ययचचयधष्लन) गरेर प्रयोग गरेको अनुुभव हुुन्छ । यसको प्रारम्भावस्थामा त प्रगतिशील शब्दले नै प्रगतिवादको पनि प्रतिनिधित्व गरेको देखिन्छ । अझ पछिल्लो समय वा पञ्चायत कालमा त माक्र्सवाद, समाजवादी यथार्थवाद जस्ता राजनीतिक विचार, दर्शनको वाहकका रूपमा चिनिएका शब्दको प्रयोगभन्दा प्रगतिवाद र अझ त्योभन्दा पनि प्रगतिशील शब्दको प्रयोग सहज एवं सुुपाच्य बनेको थियो । त्यतिमात्र कहाँ हो र तत्कालीन समयमा त प्रगतिशील शब्दकै प्रयोग पनि क्रान्तिकारी थियो भने अझ शासकको आँखामा त अत्यन्त क्रान्तिकारी मानिन्थ्यो । यही प्रगतिशील शब्दले नै त्यतिवेला प्रगतिवाद शब्दको अर्थ र अभिप्रायलाई पनि समेटेको ठानिन्थ्यो । यसका निमित्त प्रायः के भन्ने गरिन्छ भने प्रगतिशील शब्दले सबै प्रकारको उन्नति, प्रगति र अग्रगतिलाई सामान्य रूपमा समेट्ने भएकोले प्रगतिवादको विशिष्ट अर्थलाई पनि समेटेको हुुन्छ तर प्रगतिवादले विशिष्ट अर्थ वहन गर्ने भएकोले प्रगतिशील शब्दको व्यापक अर्थलाई समेट्न सक्तैन ।
प्रगतिवाद प्रगतिशीलताको व्यापक फाँटमा मौलाएको निश्चित सिद्धान्तको प्रतिनिधित्व गर्ने एउटा विशिष्ट अर्थको वाहक शब्द हो पनि भनिएको पाइन्छ तर प्रगतिशीलजस्तो सामान्य अर्थको वाहक शब्दले प्रगतिवादको आर्थिक विशिष्टता वा तात्पर्यार्थको प्रतिनिधित्व गर्न सक्तैन । त्यसैले अब यही प्रगतिवाद शब्दको विशिष्ट अर्थ र अभिप्रायलाई ठम्याउनतिर लागौँ ।
१.१. प्रगतिवाद : अर्थ र अभिप्राय
प्रगतिवाद शब्द प्रगर्ति प्र ं गम् ं त(क्त) ं इै र वार्द वद् ं अ (घञ्)ै दुुईओटा शब्द मिलेर बनेको छ । यसको पहिलो अंशको अर्थ उन्नति भन्ने हुुन्छ भने दोस्रो अंशको अर्थ सिद्धान्त वा वचन भन्ने हुुन्छ । यसरी प्रगतिवादको शाब्दिक अर्थ हेर्ने हो भने यसको अर्थ उन्नत सिद्धान्त वा वचन भन्ने हुुन्छ । यो सामान्य शाब्दिक अर्थ हो । यसबाट साहित्यका सन्दर्भमा बुुझिने गहन एवं विशिष्ट अर्थ खुुल्दैन । त्यसैले प्रगतिवाद शब्दको त्यो विशिष्ट अर्थ पहिल्याउन आवश्यक हुुन्छ ।
कुुनै पनि साहित्यमा प्रयुुक्त विशिष्ट पद वा पदावलीको सामान्य शब्दार्थ वा अभिधार्थले त्यस वाक्यमा त्यो पद वा पदावलीले भन्न खोजेको कुुरा स्पष्ट नहुन सक्छ । त्यसैले त्यस्ता शब्द, पद वा पदावलीको अर्थलाई पहिल्याएर त्यस वाक्यको वा त्यस वाक्यमा प्रयुुक्त पद वा पदावलीको अर्थलाई खोज्नुुपर्ने हुुन्छ । यसका निमित्त त्यो पद वा पदावली सर्वप्रथम कहाँ, कसले, कुुन सन्दर्भमा केकस्तो प्रयोजनका लागि प्रयोग गरेको हो र त्यो कहिलेदेखि चलेको हो भन्ने पनि स्पष्ट भएपछिमात्रै हामीले आफ्नो सन्दर्भमा त्यस्ता कुुनै पनि शब्दलाई प्रयोग गर्न र त्यस्ता शब्दको अर्थ, तात्पर्य वा अभिप्रायलाई ठम्याउन सक्छौँ । यसका लागि सजिलो तरिका भनेको त्यस विषयसँग सम्बन्धित प्राविधिक÷पारिभाषिक शब्दकोशको अध्ययन नै हो । त्यसैले यही सजिलो तरिका अपनाएर यहाँ पनि पहिले साहित्यको कोशमा दिइएको कोशीय अर्थलाई ठम्याउने र त्यसपछि प्रगतिवादको प्रथम प्रयोग र प्रयोक्ताको खोजी गरेर त्यो अर्थलाई पुुष्टि गर्ने प्रयास गरिएको छ । यहाँ साहित्य विषयको शब्दकोशमा पनि सहज प्राप्य नेपाली साहित्यको शब्दकोशलाई प्रथमतः उपयोग गर्नुु उपयुुक्त ठानियो । त्यस कोशका अनुुसार ः—
‘‘प्रगतिवाद माक्र्सवादी दर्शनको त्यस विशिष्ट विचारधारामा आधारित छ, जुुन राजनीतिक क्षेत्रमा साम्यवाद, सामाजिक आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद र साहित्यमा प्रगतिवादका नामले परिचित छ । त्यसैले माक्र्सवादी वा साम्यवादी अनुुशासन अनुुसार साहित्यको रचना गर्नुु प्रगतिवाद हो ।’’ भनिएको छ । नेपाली साहित्य कोश (२०५६) ने. रा. प्र. प्रतिष्ठान । यसका अतिरिक्त नेपाली बृहत् शब्दकोशको पनि उपयोग गरिएको छ, जसका अनुुसार :— ‘‘प्रगतिवाद (सं.) ना.१, साहित्यलाई समाजको उपज भन्दै सामाजिक यथार्थको अभिव्यक्तिमा जोड दिने, वैयक्तिक आनन्दलाई भन्दा समाजको भौतिक विकासलाई बढी महत्व दिने मान्यता । २, माक्र्सवादबाट प्रभावित साहित्य सिद्धान्त । ३, … …. ….।’’ भनिएको छ । (पृ.१२६२) नेपाली बृहत् शब्दकोश (२०४०) ने. रा. प्र. प्र. ।
उपर्युुक्त दुवै कोशीय अर्थको अध्ययनबाट के पुष्टि हुुन्छ भने प्रगतिवादको आधारभूूमि माक्र्सवाद हो र यो माक्र्सवादको समग्र अनुशासनबाट पृथक हुनसक्तैन । त्यसैले यसको विशिष्ट अर्थ पहिल्याउने क्रममा ‘‘प्रगतिवाद माक्र्सवादको साहित्यिक अवतरण हो ।’’ पनि भनेको पाइन्छ । (बराल, पृ.६९) डा. ऋषिराज बराल (२०४९) प्रगतिवाद, हाम्रो साहित्य सदन, विराटनगर ।
यी भनाइहरूमा माक्र्सवाद र माक्र्सवादी दर्शनजस्ता पद र पदावली मननीय देखिएका छन् । त्यसैले पहिले माक्र्सवादको सामान्य परिचय प्राप्त नगरीकन प्रगतिवादको विशिष्ट अर्थ वा तात्पर्यार्थको पनि परिचय एवं पुुष्टि हुुन नसक्ने हुुनसक्छ । त्यसकारण माक्र्सवादको सामान्य परिचय प्राप्त गर्नुु पनि उत्तिकै आवश्यक देखिन्छ ।
१.२. माक्र्सवादको सामान्य परिचय
माक्र्सवाद यो संसारलाई पूूर्णतः जागरुक बनाउने जीवन दर्शन हो । माक्र्सवादको उदयपूूर्व यो संसार एकप्रकारले आफ्ना सबै कुुरा ईश्वर वा दिव्यचेतनालाई जिम्मा लगाएर सुुतेको अवस्थामा थियो । यो सम्पूूर्ण भौतिक जगतको कारण रूप त्यही चेतना वा ईश्वर हो र त्यसैको कार्यका रूपमा यसका सम्पूूर्ण क्रियाकलाप सृजित र परिचालित छन् भन्नेकुुरामा विश्वस्त थियो । यसको विपरित केही भौतिकवादी चिन्तक नभएका होइनन् तर उनीहरूले आफ्नो भौतिकवादी चिन्तनलाई सशक्त रूपमा स्थापित गर्न सकेका थिएनन् । यसै समयमा हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादमा रहेका कमी कमजोरीलाई पन्छाउँदै माक्र्स–एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको उपस्थापन हुुन्छ, जसलाई दर्शनका क्षेत्रमा एउटै शब्द माक्र्सवादद्वारा सम्बोधन गरिन्छ ।
हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादको परिष्कार र परिमार्जन गरी दुुवैको योगका रूपमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको विकास भएको हो भने द्वन्द्ववाद र भौतिकवादको बारेमा पनि जानकारी हुुन आवश्यक भएकोले अब यिनै दुुईका बारेमा चर्चा गरिन्छ ।
१.२.१ द्वन्द्ववाद :
द्वन्द्वको अर्थ कुुनै पनि वस्तुुमा निहित परस्पर विपरित वा विरोधी तत्वका बिचमा हुुने संघर्ष वा घर्षण हो । यस्तो संघर्ष भौतिक सामाजिक जगत्का यावत वस्तुु र विचारमा हुुन्छ । यही संघर्षलाई अध्ययन विस्लेषण गर्ने विधि वा पद्धतिलाई नै द्वन्द्ववाद भनिन्छ । यसलाई निम्न उद्धरणले अझ स्पष्ट पार्छ भन्ने लागेको छ ः—‘‘कुुनै पनि वस्तुुको अस्तित्व त्यसमा निहित नयाँ र पुुरानो, जीवनशील र मरणशील दुुई विरोधी पक्षबीचको लडाइँमा आधारित हुुन्छ र यसै लडाइँबाट नयाँ वस्तु जन्मन्छ । वस्तुुमा रहेको यसै लडाइँ अर्थात् गति अन्तर्विरोधको अध्यन गर्ने पद्धतिको नाम द्वन्द्ववाद हो ।’’ (किरण, पृ.९) किरण (२०६३) संघर्षको दर्शन (२०६३) नवदीप प्रकाशन प्रा.लि. काठमाडौ ।
१.२.२.भौतिकवाद :
समग्र चराचर जगत्को कारणका रूपमा भूूत पदार्थलाई स्वीकार गर्ने चिन्तन भौतिकवाद हो । यसले सृष्टिस्थितिको कारण चेतना, दिव्यचेतना वा ईश्वरलाई मान्दैन र भूूतपदार्थकै क्रियाप्रतिक्रियामा विद्यमान जीवजगत्को अस्तित्व कायम भएको कुुरालाई स्वीकार गर्छ । यसलाई अझ स्पष्टसँग बुुभ्mनका लागि निम्न उद्धरण उपयुुक्त हुुने ठानिएको छ :— ‘‘यो ब्रह्माण्ड र सारा संसार भूूत अथवा पदार्थबाट नै बनेको हो । पदार्थ वा प्रकृति नै पहिलो हो, ईश्वर छैन, विचार वा परमात्माबाट जगत् बनेको होइन । यी कुुराहरू बताउने सिद्धान्तको नाम भौतिकवाद हो ।’’ (किरण, पृ.९) संघर्षको दर्शन (२०६३) नवदीप प्रकाशन प्रा.लि. काठमाडौ ।
द्वन्द्ववाद र भौतिकवाद यी दुुवैलाई माक्र्सवादका दुुई आधार स्तम्भ मानिन्छ । यी दुुवैलाई माक्र्स र एङ्गेल्सको प्रयासमा परम्परागत आध्यात्मिक एवं अमूूर्त मान्यताहरूको जालोबाट मुुक्त गर्दै समाजविकासका नव्यतम उपलब्धि र खास गरी समाजविकासका सन्दर्भमा इतिहासको विज्ञानसम्मत व्याख्या गरेर द्वन्द्वात्मक भौतिकवादलाई ग्रहण गरी सर्वहारा वर्गको जीवन दर्शनका रूपमा स्थापना गरेपछि यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण बन्न पुुग्यो, जसलाई समग्रमा माक्र्सवाद भनिन्छ । माक्र्सपछि लेनिनले यसको व्याख्या विस्तार र प्रयोग गरेपछि यसलाई माक्र्सवाद लेनिनवाद भनियो भने यसलाई तेस्रो विश्वमा प्रयोग गर्ने जुुन नवीन विचार माओद्वारा निस्पादित भयो त्यसपछि यसलाई माक्र्सवाद लेनिनवाद माओवाद भनियो । यसैका मूूल मान्यताहरूलाई साहित्यका क्षेत्रमा प्रगतिवादले पनि वहन गरेको हुुन्छ र यसैलाई साहित्यमा प्रयोग गर्ने पद्धति वा प्रणाली नै प्रगतिवादी साहित्यको सिद्धान्त हो । त्यसैले अब प्रगतिवादी साहित्यको अत्यन्त सामान्य सैद्धान्तिक परिचयतिर लागौँ ।
२. प्रगतिवादी साहित्यको सैद्धान्तिक पक्ष :
प्रगतिवाद शब्दलाई यहाँ माक्र्सवाद वा गोर्कीद्वारा पहिलोपटक सम्बोधन गरिएको समाजवादी यथार्थवाद शब्दको प्रतिनिधिका रूपमा प्रयोग गरिएको छ । त्यसैले माक्र्सवाद वा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको आधारभूूत सैद्धान्तिक पक्षनै प्रगतिवादमा पनि आकर्षित हुन्छ ।
माक्र्सवादले यो समग्र जगत् र यसका क्रियाकलाप ईश्वरीय देन नभएर भूतपदार्थमा भएको विपरित तत्वको अन्तर संघर्षको परिणति मान्दछ भने समाजको विकास पनि समाजमा अन्तरनिहित विभिन्न फरक समूहको संघर्ष वा वर्गसंघर्षको परिणति हो भन्दछ । त्यति मात्रै होइन समाजका विभिन्न संरचनाहरूको निर्माण पनि त्यही संघर्षको परिणति हो भने यसै संघर्षको प्रतिफलका रूपमा सर्वहाराको विजय हुने कुुरालाई पनि स्वीकार गर्दछ ।
माक्र्सवादले समाजमा वर्गहरू विद्यमान भएको र ती वर्गकाबिच संघर्ष चलिरहेको अवस्थामा आपूmलाई सधैँ सर्वहाराको हित रक्षाका निमित्त अग्रसारित गर्दछ । त्यसैले प्रगतिवाद वा समाजवादी यथार्थवादले पनि साहित्यमा वर्गस्वार्थ अभिव्यक्त हुने भएकोले साहित्यमा पनि वर्गविभाजनको विद्यमानतालाई स्वीकार गर्दछ । फलतः स्वाभाविक रूपमा प्रगतिवादी साहित्यले सर्वहारा वर्गको हित रक्षाका निमित्त आफ्नो भूमिकालाई सक्रिय तुल्याउँछ ।
प्रगतिवाद निश्चित दर्शन, सिद्धान्तप्रति आबद्ध भएकोले त्यसको पक्षधरता यसको पनि पक्षधरता हो, अर्थात् यसले सर्वहारा वर्गीय पक्षधरतालाई अँगालेको हुन्छ । त्यस्तै वर्गसंघर्ष र कम्युनिस्ट विचारप्रतिको प्रतिबद्धता, पार्टी वा संगठनप्रतिको प्रतिबद्धता, राजनीतिक प्रतिबद्धता, कुरुपताका विरुद्ध सुन्दरताको स्थापना गर्ने भविष्यदृष्टि, समाजवादी मानवतावाद, अन्तर्राष्ट्रियतावाद आदि यसका अनुशासनका विशिष्ट पक्ष हुन् । प्रगतिवादी साहित्य–सिर्जनाले सामाजिक सांस्कृतिक पक्षको क्रान्तिकारी रूपान्तरण वा आमूूल परिवर्तनका लागि सशक्त भूूमिकाको निर्वाह गर्दछ भने सबै प्रकारका संशोधनवाद, माक्र्सवादको विकृतीकरणका प्रयासहरू, समाजका यावत् विभेद र सामाजिक सांस्कृतिक विकृत परम्पराको सशक्त रूपमा विरोध गर्दछ । त्यसैले यस्ता अनुशासनद्वारा स्वयं अनुशासित हुँदै सिर्जना गरिएको साहित्यलाई नै प्रगतिवादी साहित्य वा सिर्जना भनिन्छ । अतः अब त्यही साहित्य–सिर्जनाको अवलोकन गर्नतिर लागौँ ।
२.१. प्रगतिवादी साहित्यको सिर्जनात्मक पक्ष :
प्रगतिवादी साहित्यको सिर्जनाको थालनीको कुरा गर्दा साहित्यसम्बन्धी चिन्तनको बीजरूप माक्र्स–एङ्गेल्समै फेलापरे पनि त्यसको सिर्जनात्मक थालनीको ठोस रूप रुसी सात्यिकारहरू प्लेखानोभ, सोलोखोभ, लुनाचास्र्की र विशेषतः गोर्कीमा आएर मात्र प्राप्त हुन्छ । यसरी नै नेपाली साहित्यको सन्दर्भमा त झन् संसारमा माक्र्सवादको प्रचारप्रसारको धेरैपछि मात्र प्रगतिवादी सिर्जनाले प्रवेश गरेको हो । नेपालमा नेपाली कम्युनिस्ट पार्टीको स्थापना (२००६) भएपछि औपचारिक रूपमा माक्र्सवादको प्रचारप्रसार हुनथालेको हो भने यसको अनुशासनभित्र रहनुपर्ने प्रगतिवादी साहित्यको सिर्जना २००७÷८ सालकै ओरिपरिबाट भएको मानिए पनि २००९ सालमा स्थापित प्रगतिशील लेखक संगठनको प्रगति पत्रिका प्रकाशनदेखि नै यसको औपचारिक थालनी भएको मान्नुपर्ने हुन्छ ।
नेपाली साहित्यको क्षेत्रमा प्रगतिवादी साहित्य सिर्जनाको सुरुमा नै सक्रिय देखिएका साहित्यकारहरूमा कृष्णचन्द्रसिंह प्रधान, हृदयचन्द्रसिंह प्रधान, गोविन्द लोहनी, भूपि शेरचन, भवानी घिमिरे, डी.पी. अधिकारी, श्यामप्रसाद शर्मा, देवीप्रसाद किसान, गोकुल जोशी, बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, गोविन्द भट्ट, आनन्ददेव भट्ट, ताना शर्मा, शक्ति लम्साल, टी.आर. विश्वकर्मा, निरञ्जन गोविन्द वैद्य, सरिता ढकाल, मोदनाथ प्रश्रित, खगेन्द्र सङ्ग्रौला, एस. आर. तामाङ्, पारिजात, मञ्जुल, रामचन्द्र भट्टराई, रायन, रामेश, शान्तदास, जनकप्रसाद हुँमागाईं, निनुु चापागाईं, ऋषिराज बराल, हीरामणि शर्मा पौडेल, घनश्याम ढकाल, जगदीशचन्द्र भण्डारी, खुुसीराम पाख्रिन, इस्माली, हरिहर खनाल, सी. पी. गजुरेल, बम देवान, चैतन्य, रुद्र खरेल, नारायण ढकाल, विमल निभा, पोषराज पौडेल, दिल साहनी, ईश्वरी ओझा, रविकिरण निर्जीव, यज्ञबहादुर डाँगी, राजेश बन्तवा, कृष्ण सेन इच्छुक, पूूर्णविराम, कृष्णराज अधिकारी, ईश्वरचन्द्र ज्ञवाली, मित्रलाल पंज्ञानी, अमर गिरी, मातृका पोखरेल, रामप्रसाद ज्ञवाली, प्रोल्लास सिन्धुलीय, ताराकान्त पाण्डेय, गोपीन्द्र पौडेल, देवी गौतम, रमेश भट्टराई, धनप्रसाद सुुवेदी, मणि थापा, अनिल शर्मा, सुकुम शर्मा, गंगा श्रेष्ठ, चुुनुु गुुरुङ्, पुुन्य कार्की, मोदनाथ मरहट्टा, हीरामणि दुुःखी, भगवनचन्द्र ज्ञवाली, छायादत्त नेउपाने, बलराम तिमिल्सिना, संगीत श्रोता, विष्णुु भण्डारी, खेम थपलिया, निभा शाह, विन्दुु शर्मा, बन्दना ढकाल, कृष्णहरि भट्ट, अशोक सुवेदी, प्रभात सापकोटा, पूण्य आचार्य, सीता शर्मा, पञ्चकुमारी परियार, गौरी देवकोटा, आहुुती, देवेन्द्र लम्साल, रामप्रसाद जैशी, केएल पीडित, नवीन विभाष, साैगात अाचार्य, नदीराम केसी, धनेश्वर पाेखरेल, पर्शुराम काेइराला, शाेभा दुलाल, निभा शाह, पेमा लामा, शीला योगी, अनिल श्रेष्ठ, भूूपाल राई, राजुु स्याङ्तान आदि अनेकौँ स्रष्टा लेखकहरू देखिएका छन् । यी सबै नामहरू वर्तमानमा आइपुुग्दा कतिय व्यक्तिहरूको जीवन नै अवसान भइसकेको छ भने केहीमात्र सक्रिय छन् । त्यसैले अनेकौँ प्रतिनिधि नै मान्न सकिने नाम पनि यहाँ टिप्न नसकिएको कुरालाई नकार्न सकिंदैन ।
प्रगतिववादी नेपाली साहित्यको क्षेत्रमा इतिहासदेखि वर्तमानसम्म सक्रिय रहेका लेखक कलाकारहरू सबै व्यक्ति र कृतिको विश्लेषण त के सामान्य प्रवृत्तिगत समीक्षा र टिप्पणी नै पनि दुुष्कर भएकोले यहाँ सहज उपलब्ध केही नामहरू दिने प्रयास भएको छ । यसो गर्दा धेरै नामहरू छोडिएका हुुनसक्छन् । त्यसैले यसलाई यस लेखकको पहुुँचको सीमा मान्नुुपर्ने हुुन्छ । त्यसरी नाम दिँदा एउटै व्यक्तिले एकाधिक विधामा कलम चलाइरहेको देखिएको हुुनाले नामहरू बारम्बार दोहोरिने सम्भावनाबाट बँच्ने प्रयास गर्दै विधा नछुुट्याइएको हो भन्ने बुुभ्mनुुपर्ने हुुन्छ । अतः सहज उपलब्ध नामहरूका व्यक्ति पनि वर्तमानमा नभएका तर कुुनै समयमा राम्रै काम गरेका र हाल आन्दोलनमा नभएका पनि परेका हुुनसक्छन् । त्यसैले यो लेखलाई यथासमयमा परिमार्जनसहित परिबद्र्धन गर्ने वाचा गर्दै आजलाई यत्तिमै टुुङ्ग्याउने अनुुमति चाहन्छुु ।
(माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालद्वारा शुक्रबार (चैत्र–२९, २०८१ मा) आयोजित ‘प्रगतिवाद ः सिद्धान्त र सिर्जना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत)