माक्र्सवादी सांस्कृतिक मोर्चाद्वारा ‘प्रगतिवाद : सिद्धान्त र सिर्जना’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

माक्र्सवादी सांस्कृतिक मोर्चाद्वारा ‘प्रगतिवाद : सिद्धान्त र सिर्जना’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं । माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालको आयोजनामा ‘प्रगतिवाद : सिद्धान्त र सिर्जना’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोर्चाले शुक्रबार काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले प्रगतिवादी साहित्य सिर्जनामा जोड दिएका छन् ।

कार्यक्रममा आहुतिले प्रगतिवादी सांस्कृतिक आन्दाेलनकाे संगठित अभ्यासकाे विषयमा चर्चा गर्नुभएकाे थियाे ।

अन्तरक्रिया कार्यक्रममा प्रा.डा.नन्दीश अधिकारीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । ‘प्रगतिवाद, सिद्धान्त र सिर्जना’ विषयक अवधारणा पत्रमाथि बन्दना ढकाल र कृष्णहरि भट्टले टिप्पणी गर्नुभएकाे थियाे भने फ्लाेरबाट प्रा.डा. जगदीशचन्द्र भण्डारी, हिरामणि दुःखी, हुकुमबहादुर सिंह, सुवास डाँगी, मनोज आर्याल, बसन्त विश्वकर्मालगायतले पनि टिप्पणी गर्नुभएको थियो ।

संशोधनवादी, नवसंशोधनवादी तथा दक्षिणपन्थी अवसरवादीहरुका विरुद्ध एकताबद्ध भएर उनीहरुको भण्डाफोर गर्दै प्रगतिवादी सांस्कृतिक तथा साहित्यिक आन्दोलनलाई अझ सशक्त बनाएर लैजानुपर्ने आवश्यकतामाथि वक्ताहरुले जोड दिनुभएको थियो ।


अवधारणा पत्रमा प्रा.डा. अधिकारीले वर्तमान सन्दर्भमा साहित्यको अध्ययन गर्ने हो भने प्रगतिवाद र प्रगतिवादी धारालाई छोडेर वा यसलाई उपेक्षा गरेर कुुनै पनि साहित्यको अध्ययनलाई परिपाकको अवस्थासम्म पुु¥याउन नसकिने विचार व्यक्त गर्नुभएको छ ।

‘‘प्रगतिवाद माक्र्सवादी दर्शनको त्यस विशिष्ट विचारधारामा आधारित छ, जुुन राजनीतिक क्षेत्रमा साम्यवाद, सामाजिक आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद र साहित्यमा प्रगतिवादका नामले परिचित छ । त्यसैले माक्र्सवादी वा साम्यवादी अनुुशासन अनुुसार साहित्यको रचना गर्नुु प्रगतिवाद हो ।’’ अवधारणा पत्रमा उल्लेख गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रगतिवादी धाराका सांस्कृतिकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालका संयोजक इस्मालीले गर्नुभएको थियो भने सञ्चालन कवि विष्णु भण्डारीले गर्नुभएको थियो ।