चैत्र २८ गते १ नं. अभियान टोलीले सम्पन्न गरेका कार्यक्रमहरु

चैत्र २८ गते १ नं. अभियान टोलीले सम्पन्न गरेका कार्यक्रमहरु

चैत्र २८ सर्लाही .
आजको पहिलो कोणसभा सर्लाहीको इश्वरपुर नगरपालिकाको शंकरगञ्जमा भयो । सभाको संचालन सर्लाही जिल्ला पार्टी सचिव क.सन्ध्या प्रधानले गर्नु भयो भने सभालाई क.कृष्णदेव शर्मा, क.शरदा महत र ब्यूरो इन्चार्ज कृष्णदेवसिंह दनुवारले सम्वोधन गर्नु भएको थियो ।
दोस्रो कोणसभा पर्सा गाउँपासलका ५ संग्रामपुरमा भयो । उक्त कोणसभालाई सम्वोधन कृष्ण शर्मा र १३ नं.. ब्यूरो सेक्रेटरी क. रामनारायण सिंहले गर्नु भयो ।


कोणसभापछि टोलीले संग्रामपुरको सतिब्यौला मन्दीरमा स्थानीय जनतासंग ब्यापक अन्तरकृया र छलफल गरेको थियो ।


कार्यक्रम भएका सबै ठाउँहरुमा व्यापक रुपले पर्चा वितरण र भित्तेलेखन भएका छन् ।