जनसम्वन्ध विस्तार अभियान टोली नं .४ले चैत्र २७ गते सम्पन्न कार्यक्रमहरु

जनसम्वन्ध विस्तार अभियान टोली नं .४ले चैत्र २७ गते सम्पन्न कार्यक्रमहरु

 

२८ चैत्र प्यूठान । जनसम्वन्ध विस्तार अभियानको ४ नं. टोलीले प्यूठानको गौमुखी गाउँपालिकाको ठुलाबेसी बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य केबि गुरुङले सम्बोधन गर्नु भएको थियो भने केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला सचिव वीर बहादुर पुन मगरले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।
प्युठान नगरपालिकाको मरन्ठाना खरिबोट बजारमा अर्को कोणसभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य शशिधर भण्डारीले सम्बोधन गर्नु भएको थियो भने केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला सचिव वीर बहादुर पुन मगरले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष बरुनध्वज मल्लको घरमा खाना खाने र स्थानीय सँग छलफल तथा भेटघाटको कार्यक्रम पनि सम्पन्न भएको छ ।
प्यूठान जिल्लामा व्यापक पर्चा वितरण र जाभेटघाट कार्यक्रम सम्पन्न गरिएका छन् ।