राजाहरूले नेपालमा करीब २५० वर्ष शासन गरेको इतिहास छ भने गणतन्त्रका नाइकेहरूले करिब १६ देखि शासन गर्दै छन् । तैपनि आन्तरिक तवरले हेर्ने हो भने आजसम्म गरिब र सोझासाझा नेपाली जनताले खुन पसिना बगाएर नेपालको नाम आजसम्म जोगाएको थुप्रै इतिहास भेटिन्छन ।राजाको पालामा खेतिपाती पशुपालन गरी राजालाई देउता भन्दा पनि माथि राखेर नेपाली जनताले राजा र देशको सेवा गरेका थिए। दौड प्रतियोगिता जितेर बनेका राजाले आफ्नो राज्य विस्तार गर्दा गर्दै नेपाल एकीकरण गरे पछि राजदरवार र राजगद्दी मात्र सम्हालेको इतिहास भेटिन्छन र देश बचाउनका लागि पानीको घुट समेत नपिई स– साना बच्चाहरु सहित परिवारलाई साथमा लिएर नेपाली जनता सीमाहरूमा दुस्मन सँग युद्ध गर्ने जिउ ज्यानको बाजी लगाउने इमान्दार देशभक्त नागरिकको मासिक तलब ३०रूपया मात्रै थियो रे राजदरवार मनोरञ्जनका लागि भारतबाट नाच्न गाउन मगाएका तलब ६००रूपया थियो रे ।जनतालाई स्वास्थ्य शिक्षाबाट वन्चित भई सडकमा नाङ्गै भोकै डर त्रास सित जीवनमा रातदिन कडा मेहनत गरे पनि खान नपाई बिरामी भोकमरी बाट अकालमा मृत्युको शिकार हुन पर्ने अवस्था थियो।कसैलाई मालिक र कसैलाई दास बनाउने राजतन्त्रमा राजालाई श्री ५ उपाधि दिइएको थियो । भने नेपाली जनताले गरेको परिश्रम र कमाएको पैसा बाट कर असुली बनाइएका सबै भौतिक सम्ररचना स्कुल कलेज अस्पताल बाटोघाटो राजमार्ग हवाई सेवा सैनिक राष्ट्रिय गान इत्यादिलाई राजाले आफ्नो निजी सम्पत्ति बनाए राजपरिवार र शाहा वंशको नाम दिई राजतन्त्र बलियो बनाई जनता माथि शासन गरेतापनि राजाको जेठो छोरा जस्तो सुकै जन्मिए पनि राजा हूने प्रथाले गर्दा राजा र जनता माथि राणाहरूले १०४ वर्षको जहानियाँ निरङ्कुश राणा शासन गरेको अवस्था यस्तो अवस्था देखेर नेपाली जनताले राजतन्त्रको पक्षमा उभिएर आफ्नो जिउ ज्यानको बलि चढाएर राणाहरूका विरूद्ध आवाज उठाई राणालाई हटाएर नेपालमा राजासहितको प्रजातन्त्र आयो ।
त्यसपछि राजाले नेपालमा पञ्चायती व्यवस्था लगाए जनतालाई गरिबी भोकमरी दासत्व हलिया प्रथा, कमैया प्रथा ,जातीय विभेद जस्ता जनतालाई दुःख दिने र दबाउने कयौं व्यवस्थाहरू नेपालीले भोगें राजासँग शाहा वंश र राजपरिवारको सेवा र सुरक्षा गर्न हेतु करिव ५०हजार भन्दा बढी ब्यक्तिगत शाही सेना भएतापनि कडा सुरक्षाको निगरानीमा रहेका राजा वीरेन्द्रको वंशनास हुनेगरी हत्या गरियो । रहस्यमय दरवार हत्याकाण्ड कसरी किन र कसले गरे केही थाहा भएन दरवार हत्याकाण्ड पछि राजा भएका विरेन्द्रका कान्छा भाई भनिएका पूर्वराजा ज्ञानेन्द्र शाह राजा बनेपछि आफ्नो भाई र परिवारको हत्यारा पत्ता लगाउन चाहेनन् उल्टा मृत युवराज दीपेन्द्र शाहलाई दोशी बनाएर जनताको आँखामा धुलो छोपे राजाहरूका यस्ता कयौं कमी कमजोरीहरु देखापर्न थालेपछि नेपाली जनताले जन आन्दोलन गरी दुःख दाई र तानाशाही राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्रको स्थापना गरे ।
नेपाली जनता ढुक्क भए गणतन्त्रले नेपालको विकास हुन्छ र स्वदेशमा रोजगारी सिर्जना हुन्छ नेपाली सुखी हुन्छन् तर गलत नेतृत्वको कारण त्यसको विपरित हुन थाल्यो । भ्रष्टाचार बढ्यो बिरोजगार बढ्यो। आफ्नो पढाई सकेर युवाहरु रोजगार नपाई नौकरीको खोजीमा विदेश जानेहरुको ताँती लाग्न थाल्योको छ । बाँकी देशमा रहेका बाल बच्चा बृद्ध महिलाहरु माथि अन्याय अत्याचार भएको सहन नसकेर जनताहरू आन्दोलन गर्नमा व्यस्त छन् । कहिले किसान आन्दोलन,कहिले शिक्षक आन्दोलन ,कहिले विद्यार्थी आन्दोलन । केही दिनैपिच्छे आन्दोलनै आन्दोलन भ्रष्टाचारका विरुद्ध आवाज उठाउनेहरु लाई जेल हाल्ने धम्की दिने देशैभरीका अदालतको चक्कर लगाएर परिसान गर्ने प्रवृत्ति बढ्दै छ । युवाहरुले विदेशमा गरेको कडा मेहनतबाट कमाएको पैसा बाट कर असुली गणतन्त्र नेपालका नाइकेहरूले आफ्नो र परिवारको भुँडी भर्ने, मोजमस्ती गर्ने ,जनतालाई दुःख दिने काम गर्दै आएका छन् । देशमा गणतन्त्र भए पनि हत्या, हिंसा बलत्कारले गर्दा जनयुद्धमा आफ्नो ज्यानको अर्पण गर्ने सत्र हजार युवाहरूको रगतको अपमान भएको छ।
गणतन्त्र नेपालको यस्तो अवस्थामा देखेर कतिपय मानिसहरू फेरि पुरानो राजतन्त्र फर्काउने पक्षमा छन् । कतिपय मानिसहरू गणतन्त्रको अवस्था परिवर्तन गरी गणतन्त्र ठिकै छ भन्ने पक्षमा छन् ।
यो व्यवस्था खारेज गरेर यसको विकल्प नौलो जनवादी व्यवस्था हो। राजतन्त्र निरंकुश पञ्चायती व्यवस्था नेपाली जनताले भोगेर आएको हो हिजो राजतन्त्र निरंकुश केन्द्रीकृत एकात्मक प्रणालीमा ठिक छैन भनेर नेपाली जनताले फालिएको ब्यवस्था पुनर्निर्माण गर्छौ भन्न नेपाली जनतालाई स्वीकार्य छैन ।






























