चैत्र २७ गते जनसम्बन्ध विस्तार अभियानको ३ नं.टोली अन्तरगत सम्पन्न कार्यहरु

चैत्र २७ गते जनसम्बन्ध विस्तार अभियानको ३ नं.टोली अन्तरगत सम्पन्न कार्यहरु

जितामित्र

चैत्र २७ रुकुम ।
रुकुम (पश्चिम)मा अभियान टोलीले विहान पैदल यात्राको क्रममा पाटुखोलामा बनेको २ सय ३७ मिटर लामो खलंगा बजार र सल्ले एयर पोर्ट जोड्ने भाईरल पुलको अवलोकन गर्यो । बिहानै ८ बजे जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)मा पुगेको थियो । जिल्ला प्रशासन अधिकृत लोक बहादुर जी सी सँग देशको वर्तमान अवस्था र जनसम्बन्ध विस्तार अभियानको उद्येश्यका बारेमा ३ नं.अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले विषय राख्नु भएको थियो । जिल्लाको समग्र अवस्थाको बारेमा जिल्ला प्रशासन अधिकृत लोक बहादुर जी सीले अभियान टोलीलाई जानकारी गराउनु भएको थियो ।


सोही दिन होटेल शिसिरमा ९ बजे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता जिल्ला सचिव कमरेड मोतिराम खड्काले गर्नु भएको थियो । प्रमुख अतिथि स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो । पत्रकारहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ प्रमुख अतिथि कृष्णराज पौडेलले दिनु भएको थियो । कार्यक्रमको सहजीकरण अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो ।

रुकुमको मुसिकोट नगरपालिका –१ खलंगा बजारको पुष्पलाल चोकमा कोणसभा सम्पन्न भयो । दलाल संसदीय व्यवस्था मुर्दावाद!, जनसम्बन्ध विस्तार अभियान सफल पारौं!, जनवाद – वैज्ञानिक समाजवाद जिन्दावाद! जस्ता नारा जुलुस सहित कोणसभा गरेको कार्यक्रममा सम्बोधन कमरेड कृष्णराज पौडेलले गर्नु भएको थियो । सम्वोधनका क्रममा उहाँले संसारको सुन्दर देश नेपाललाई आज सत्ताधारीहरुले युवा विहान बनाउदै छन् । रेमिट्यान्सको भरमा देश चलाउने नेपाल सरकारले यति सुन्दर देशलाई युवा विहान खण्डहरमा परिणत गर्दैछन् । आज नेपाली युवा मानसिकता घोर निराशमा परिणत भएको छ । यस्को जवाफदेहिता कस्को हो ? यो गम्भीर प्रश्न को जवाफ यि दलहरूले दिनु पर्छ की पर्दैन ? मलाई लाग्दछ दलहरूसँग यस्को जवाफ छैन । दलहरु लुटतन्त्रमा व्यस्त छन् भन्नु भयो ।
कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तु गर्नुकासाथै अखिल नेपाल जनसांस्कृतिक महाससंघ सहसंयोजक कमरेड नारायण योगीले गीत गाउनु भएको थियो । अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

 

रुकुम (पूर्व) को सदरमुकाम सिस्ने गाँउपालिका ६ नम्बर वार्डको रुकुमकोटको छिप्रिदह चोकमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले राजा आउ देश बचाउ भन्ने मान्छेहरूले चैत्र १५ गते आफ्नो चरित्र देखाएका छन् । पत्रकारलाई वन्दक बनाएर आगो लगाउने र पसलहरु लुटपाट गर्ने उनीहरुको असली चरित्र हो । के यस्ता हर्कत गर्नेबाट देश बन्ला ? उहाँको प्रश्न थियो । अब एक चरण हामी क्रान्तिकारीहरु एकता बद्ध हुन जरुरी छ ताकि देशलाई अग्रगामी दिशामा अगाडि बढाउन सकियोस् । प्रतिगमन अबको निकास होईन जनगणतन्त्रको बाटोमा अगाडि बढ्ने आजको आवश्यकता हो भन्नु भयो ।

अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले सञ्चालन गर्नु भएको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक कमरेड नारायण योगीले गीत गाउनु भएको थियो ।


अभियान टोली साँझको बास बस्न रोल्पाको थवाङ पुग्यो । थवाङमा साझ नै कोणसभा सम्पन्न गरेको थियो । कोणसभालाई अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो । उहाँले भन्नु भयो, थवाङ गाँउ कम्युनिस्ट आन्दोलनमा एउटा अजम्बरी गाँउ हो । यो गाँउको ऐतिहासिकता नेपाल मात्र न भएर विश्व कम्यूनिस्ट आन्दोलनलको एउटा हिस्सा हुनुपर्ने र यो गाँउको अझ धेरै अध्ययन हुनुपर्ने बताउनु भयो ।
यो गाँउले २०३८ सालको पञ्चायतको चुनावमा पनि बाक्सा खाली बनाएर पञ्चायती व्यवस्थाको विरुद्धमा ठुलो संघर्ष गरेको बताउनु भयो । धेरै ठुला ठुला संघर्ष र युद्धमा होमिएको थवाङ गाँउको सपना अझै अधुरो भएको र नेताहरुले झुक्याएको थबाङ गाँउ अलमलमा न परिकन क्रान्तिकारी शक्तिहरूसँग सहकार्य गर्न न हिच्किचाउन आव्हाान गर्नु भयो ।

कोणसभालाई अर्का बक्ता ४ नम्बर व्यूरो सचिव तथा वैकल्पिक पिबिएम कमरेड निरज केसी ( समिर ) ले पनि सम्बोधन गर्नु भएको थियो । सञ्चालन रुकुम जिल्ला सचिव कमरेड मोतिराम खड्काले गर्नु भएको थियो भने कलाकारहरुले नृत्य प्रस्तुति गर्नुका साथै अभियान टोली सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका सह—संयोजक नारायण योगीले गीत गाउनुभएको थियो ।