चैत्र २८ काठमान्डौ । सामुदायिक विधालयका शिक्षकहरु विधालय शिक्षा ऐन जारी गर्न र २०८०असोज १२ गते भएको सहमती कार्यान्वयन गरियोस भन्दै लाखौं शिक्षक यति बेला काठमाडौको बानेश्वर देखि माइतीघर सम्म शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका छन ।
शिक्षकहरु चैत्र २० गते देखि लगातार आन्दोलनमा छन । यो आन्दोलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )ले यही चैत्र २७ गते बानेश्वरमा आन्दोलन बीचमै सहभागि भएर ऐयवद्धता जनाएको छ र आन्दोलनमै सहभागि भएर अखिल (क्रान्तिकारी )का सह”संयोजक प्रभात भट्टराईले सम्बोधन गर्नुभएको छ ।
सम्बोधनमा शिक्षकका जायज मागहरु र शिक्षकसंग भएका सहमति कार्यान्वयन गर्नुपर्ने । कुनैपनी देशको बिकास यदि सम्भव छ भने शिक्षा क्षेत्र बाट मात्र सम्भव रहेको तर सरकारले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा बजेट कटौती गरेको छ । अघिल्लो वर्षको तुलनामा ११.२६% बाट घटाएर १०.०९ % मा ल्याएको भन्दै नारामा समृद्धिको आधार शिक्षामा गुणस्तर सुधार नभइ भ्रष्टाचारको आधार शिक्षामा ह्रास भएको र शिक्षा र राजनीति नितान्त समाज सेवा हुनुपर्नेमा सबैभन्दा ठुलो व्यापार र मुनाफा योग्य व्यवसाय नियोजित रुपमा बनाइएको छ र १५ बीस लाख खर्च गरेर बनेका वाडा अध्यक्ष ,पालिका अध्यक्षहरुको मातहतमा शिक्षकहरुको अपमान गरिएको छ । गुरु भनेका गु को अर्थ अन्धकार र रु को अर्थ प्रकाश अन्धकारबाट प्रकाश दिने र गुरु भनेका सृष्टिकर्ता ,पालक,संहारकर्ता,सर्बोच्च चेतना हुन भन्दै गुरुले ज्ञान दिने मात्रै नभएर जिबन बदल्ने,गन्तब्य सम्म पुग्न आत्मबल दिने मार्गदर्शक हुन । २५औ बर्ष विद्यार्थी जीवन बिताएर स्नातकोत्तर पास गरिसके पछि चार पाँच बर्ष लगाएर शिक्षक सेवा आयोग पास गरेर शिक्षक भए पछि फेरि शिक्षक र विद्यार्थी संगसंगै कोरिया भाषा र जापान भाषा पड्नुपर्ने जुन परिस्थिति सिर्जना गरिएको छ, त्यसैले शिक्षकलाई तलबे भन्ने भाष्य नियोजित निर्माण गर्न खोजिएको छ भन्दै यदि सरकारले यो आन्दोलनलाई व्यवास्था गरे पाँच लाख शिक्षक कर्मचारी उतार्ने शिक्षकको चेतावनी वारे पनि सरकारलाई समयमानै सचेत हुन जोड दिनु भयो ।
सम्वोधनकै क्रममा उहाँले भन्नु भयो—“हामी भन्छौ शिक्षकलाई तलव मात्र होइन शिक्षकको सम्पुर्ण भरणपोषणको जिम्मा राज्यले लिने र शिक्षकलाइ अध्ययन अनुसन्धानमा लगाउनु पर्ने र बुर्जुवा शिक्षालाई मौलिकतामा आधारित स्रोत र साधनलाई परिचालन गरि अहिले समाजमा मौलाइरहेको दलाल,भ्रष्ट ,तस्कर ,माफिया ,समाजमा रहेको हत्या ,हिंसा ,बलात्कार यी सबै कारण यो व्यवस्था र शिक्षा प्रणाली र शिक्षकको अपमान र राज्यको गैर जिम्मेवारीपन हो भन्दै शिक्षकहरुको बिचमा यो आन्दोलनमा सदैव अखिल (क्रान्तिकारी ) रहने र जस्तोसुकै बलिदानिपुर्ण भूमिका निर्वाह गर्ने प्रण सहित सरकारले छिटोभन्दा छिटो शिक्षकका जायज मागको सम्बोधन गर्दै शिक्षा ऐन जारी गरि शिक्षकहरूलाई विद्यालय जाने वातावरण सिर्जना गर्न माग गर्दछौे । ”