चैत्र २७ सर्लाही । सर्वप्रथम सर्लाहीको बसदपुरमा केन्द्रीय टिमलाई महोत्तरीले विदाई गर्ने र सर्लाही जिल्लाले स्वागत गर्ने काम भयो । महोत्तरी जिल्ला सचिव क. उपेन्द्र यादवले सर्लाही जिल्ला सचिव क.सन्ध्या प्रधानलाई हस्तान्तरण गर्ने काम भयो ।
त्यसपछि पहिलो कोणसभा वसदपुरमा भयो । जसलाई पार्टी पिविएम क. कृष्णदेव सिंह दनुवारले सम्वोधन गर्नु भयो भने सर्लाही जिल्ला सचिव सनध्या प्रधानले संचालन गर्नु भएकाृे थियो ।
दोस्रो कोणसभा र्साहीको दुमरीया धनकौलमा भयो । उक्त कोणसभालाई पार्टी स्थाई समिति सदस्य तथा टोली प्रमुख रामसिंह श्रीस, पार्टी पिविएम शारदा महत, पार्टी पिविएम कृष्णदृव दनुवार, जिल्ला सदस्य क. कृष्णदे शर्माले सम्वोधन गर्नु भएको थियो भने संचालन सर्लाही जिल्ला सचिव क.सन्ध्या प्रधानले गर्नु भएको थियो ।
तेस्रो कोणसभा सर्लाहीको खाकनाहा बजारमा भयो जसलाई पाटीृ पिविएम इश्वर तिमिल्सिनाले गर्नु भउको थियो र संचालन सर्लाही जिल्ला सचिव क.सन्ध्या प्रधानले गर्नु भएको थियो ।
चौथो कोणसभा जसलाई सम्वोधन पार्टी पिविएम कृष्णदेृव सिंह दनुवारले र संचालन सर्लाही जिल्ला सचिव क.सन्ध्या प्रधानले गर्नु भएको थियो, सर्लाहीको चौलिखा बजारमा भएको थियो ।
कोणसभा गरिएका सबै ठाउँहरुमा वाल पेन्टींग र पर्चा वितरण गरिएका थिए । अन्त्यमा संखरगञ्जमा बास वस्ने काम भयो ।