चैत्र २७ प्युठान ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालव्दारा संचालिन जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलीका टोली प्रमुख पार्टीका स्थाई समिति सदस्य क. हेमन्तप्रकाश ओली सुदर्शनको नेतृत्वमा गौमुखी गाउँपालिकाको ठुलाबेसी बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरयो । उक्त कोणसभालाई पार्टी पोलिट्ब्युरो सदस्य क. केबि गुरुङले सम्बोधन गर्नु भयो भने संचालन पार्टी केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सचीव वीर बहादुर पुन मगरले गर्नु भयो ।
दोस्रो कोणसभा प्युठान नगरपालिकाको खरिबोट बजारमा सम्पन्न भयो । पार्टी केन्द्रीय सदस्य तथा प्युठान सचीव वीर बहादुर पुन मगरले संचालन र पार्टी पोलिट्ब्युरो सदस्य शशिधर भण्डारीले सम्बोधन गर्नु भएको थियो । उक्त ठाउँहरुमा व्यापक रुपले पर्चा बितरण गरिएको थियो ।
अभियान टोलीले बिहानमा मर्निङ वाक र जनभेटघाट कार्यक्रम सम्पन्न गरी गौमुखी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष बरुनध्वज मल्लको घरमा खानाखाने र स्थानीयसंग छलफल तथा भेटघाट गर्ने काम भयो ।