चैत्र २६ गते सानीभेरी । सानीभेरी नगरपालिका –७ को सिम्ली बजार वरीपरी ब्यापक पर्चा वितरण र वाल पेन्टिङ गरियो । सोही नगरपालिकाको वार्ड नं –१ का वार्ड अध्यक्ष टेकबहादुर पुनसँग चाईना बगरमा भलाकुसरी भयो । अभियान टोली प्रमुख कृष्णराज पौडलले भलाकुसरीमा विषय वस्तु राख्नु भएको थियो ।
अभियान टोलीले २०७६ साल जेष्ठ महिनामा सानीभेरी नगरपालिकाको सोतीमा नवराज विक हत्याकण्ड भएको स्थानको अवलोकन गरेको थियो । त्यसपछि अभियान टोलीले चौरजहारी बजारको बसपार्कमा कोणसभा सम्पन्न गरेको थियो । कोणसभालाई ३ नम्बर व्यूरो सचिव तथा वैकल्पिक पिबिएम कमरेड दिपक शाहीले सम्बोधन गर्नु भएको थियो । सम्वोधनका क्रममा उहाँले जनताले भोट हालेर चुनाव जितेका मान्छेहरू आफुलाई मालिक सम्झन्छन् र मालिकले जे गरेपनी हुन्छ भन्ने मानसिकताले देश बनाउँने भन्दा पनि तीन पुस्ते कमाउ धन्दामा लागेका छन् भन्दै उहाँको जोड थियो, राजनीति समाजको मेरुदण्ड हो तर यि दलहरूले र यिनका नेताहरुले राजनीतिलाई भ्रष्टिकरण गरे र समाजमा राजनीति प्रति वितृष्णा पैदा हुन गएको छ । जस्को फाईदा अहिले प्रतिगमनकारीहरुले लिन खोजेको देखिन्छ । तर यो संभावना नरहेको र देश अग्रगमनको बाटोमा जानुपर्ने बताउनुभयो । टोलीले बजारमा ब्यापक रुपले पर्चा वितरण गर्नुका साथै कलकार टोलीले जनवादी नृत्य प्रस्तुत गरेको थियो ।
चौरजहारी नगरपालिका–११को चौफा बजारमा ब्यापकरुपमा पर्चा वितरण भयो र चौरजहारीको नुवाकोटमा वाल पेन्टिङ ,पर्चा वितरण र अभियान टोलीले वार्ड कार्यालयको भूमण गरी अनुगमन गरेको पनि थियो ।
त्रिवेणी गाँउपालिका –६को झुल्नेटा बजारमा पर्चा वितरण र अर्को कोणसभा सम्पन्न भयो । कोणसभालाई ४ नम्बर व्यूरो सचिव तथा वैकल्पिक पिबिएम कमरेड निरज के सी (समिर )ले सम्बोधन गर्नु भएको थियो । सम्वोनमा उहाँले जनसम्बन्ध विस्तार अभियान कार्यक्रमको माध्यमबाट पार्टी जनताको घरदैलोमा पुग्ने वातावरण वनाएको छौ । ग्रामीण स्तरमा नेपाली जनताको जनजीवन, उनीहरुको शिक्षा, स्वास्थ्य, भ्रष्टाचार र उत्पीडनको अवस्थाको ग्राउण्ड लेबलबाट अध्ययन गरेर फेरी थप योजना सहित गाँऊ फर्कने छौ भन्नु भयो । कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो । कार्यक्रमको बिचबिचमा कलाकारहरूले जनवादी नृत्य प्रस्तुत गरेका थिए भने अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक कमरेड नारायण योगीले उठ्नु पर्ने भो बोलको गीत गाउनु भएको थियो ।
त्रिवेणी गाँउपालिकाको वार्ड नं –५ को सिम्रुतु बजारमा पर्चा वितरण गरियो । पानी परेकोले कोणसभा सम्पन्न गर्न सकिएन । अभियान टोली साँझको बासको लागी पश्चिम रुकुमको सदरमुकाम खलंगा पुग्यो ।