१ नं. केन्द्रीय अभियान टोलीद्वारा चैत २६ गते सम्पन्न कार्यक्रमहरु

१ नं. केन्द्रीय अभियान टोलीद्वारा चैत २६ गते सम्पन्न कार्यक्रमहरु

रामसिंह श्रीस

चैत २७ महोत्तरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको १ नं केन्द्रीय अभियान टोलीले मंगलवार (२६ चैत्र) पहिलो कोणसभा महोत्तरी जिल्लाको रामगोपालपुर चोकमा भयो ।

उक्त कोणसभाको सञ्चालन महोत्तरीका पार्टी सचिव उपेन्द्र यादवले गर्नुभएको थियो भने कोणसभालाई पीवीएम इश्वरी तिमिल्सिनाले सम्बोधन गर्नुभएको थियो ।


दोस्रो कोणसभा महोत्तरीको औरी बजारमा भयो । कोणसभाको सञ्चालन महोत्तरीका पार्टी जिल्ला सचिव उपेन्द्र यादवले गर्नुभएको थियो भने कोणसभालाई पार्टी पीवीएम शारदा महतले सम्बोधन गर्नुभएको थियो ।
तेस्रो कोणसभा महोत्तरीकै बर्दिबास बजारमा भयो । यहाँको कोणसभाको सञ्चालन महोत्तरीका पार्टी सचिव उपेन्द्र यादवले गर्नुभएको थियो भने कोणसभालाई पार्टी स्थाई समिति सदस्य तथा टोली प्रमुख रामसिंह श्रीसले सम्बोधन गर्नुभएको थियो ।


त्यसैगरी चौथो कोणसभा महोत्तरीको खयरमारामा भयो , जसलाई पार्टी केस टेकबहादुर विकले सम्वोधन गर्नु भएको थियो भने संचालन पार्टी सचिव उपेन्द्र यादवले गर्नुभएको थियो ।


यी सबै स्थानहरुमा भित्तेलेखन र पर्चा वितरण गरिएको थियो ।