१ नं. केन्द्रीय अभियान टोलीद्वारा महोत्तरीका विभिन्न स्थानमा कोणसभा, भित्तेलेखन र पर्चावितरण कार्यक्रम सम्पन्न (फोटोफिचर)

१ नं. केन्द्रीय अभियान टोलीद्वारा महोत्तरीका विभिन्न स्थानमा कोणसभा, भित्तेलेखन र पर्चावितरण कार्यक्रम सम्पन्न (फोटोफिचर)

र्दिबास । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको १ नं केन्द्रीय अभियान टोलीले सोमबार (२५ चैत्र) महोत्तरी जिल्लाका विभिन्न स्थानमा कोणसभा, भित्तेलेखन र पर्चावितरण लगायतक कार्यक्रम सम्पन्न गरेको छ ।
प्राप्त जानकारी अनुसार सोमबार विहान बर्दिबास जलेश्वर रोडको गैढाचोकमा कोणसभा, भित्तेलेखन र पर्चा वितरण गरियो । यहाँको कोणसभाको सञ्चालन महोत्तरीका पार्टी सचिव उपेन्द्र यादवले गर्नुभएको थियो भने कोणसभालाई पीवीएम अशोक लम्सालले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी जलेश्वर शैकर चोकमा सम्पन्न कोणसभाको सञ्चालन पनि उपेन्द्र यादवले गर्नुभएको थियो भने सम्बोधन नेता टेकबहादुर विक र रामनारायण सिंहले गर्नुभएको थियो । यहाँको बजारमा व्यापक रुपमा पर्चा वितरण गरियो ।
महोत्तरीकै बनौटा चोकमा अर्को कोणसभा सम्पन्न गरियो । यहाँको कोणसभालाई उपेन्द्र यादवले सम्बोधन गर्नुभयो । पर्चा वितरण र भित्तेलेखन कार्य पनि सम्पन्न गरियो ।

त्यसैगरी बलवा नपा–३ पडौलमा अर्को कोणसभा सम्पन्न गरियो । उपेन्द्र यादवले सञ्चालन गरेको कोणसभालाई टेकबहादुर विकले सम्बोधन गर्नुभयो । तयसैगरी बलवा नपा ६ वलवामा भएको कोणसभालाई मजदुर नेता इश्वर तिमिल्सिनाले सम्बोधन गुर्नभयो । कोणसभाको सञ्चालन उपेन्द्र यादवले गर्नुभएको थियो ।


त्यस्तै अभियान टोलीले महोत्तरी सरपल्लो हाट बजारमा पर्चा वितरण र भित्तेलेखन कार्य ग¥यो भने सहसौला चोकमा कोणसभा सम्पन्न ग¥यो । कोणसभालाई रामनारायण सिंहले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन उपेन्द्र यादवले गर्नुभयो ।