चैत्र २५ जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –५ कालीमाटी वजारमा वाल पेन्टिङ, पर्चा वितरण पछि कोणसभा सम्पन्न गरिएको छ । कोणसभालाई पार्टीका जिल्ला सचिव कमरेड विरेन्द्रराज सुनारले सञ्चालन गर्नु भएको थियो । सम्बोधन पार्टीका पिबिएम तथा अभियान टोली सदस्य कमरेड शेरबहादुर देउवाले गर्नु भएको थियो ।

कार्यक्रम पछि नलगाड नगरपालिकाको कार्यालय दल्ली बजारमा नगर प्रमुख डम्बर बहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनसँग भेटघाट र छलफल गरियो । छलफलमा अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो । त्यसपछि अभियान टोलीले नगरपालिकाको बजेट, सामाजिक विकास, पुर्वाधार विकास लगायत विषयमा छलफल गरेको थियो ।
नगरपालिकाको भेटघाट कार्यक्रमपछि अभियान टोली पश्चिम रुकुम जिल्लामा प्रवेश गरेको छ ।
अभियान टोलीलाई ४ नम्बर व्यूरो सचिव कमरेड निरज के सी(समिर) र रुकुम जिल्ला सचिव कमरेड मोतिराम खड्का लगायत कमरेडहरुले आठविसकोट न पा–९ राडी वजारमा स्वागत गर्नुभएको थियो ।

अभियान टोलीले बजारको पिपल चौतारामा कोणसभा गरेको छ । कोणसभालाई रुकुम पार्टीका जिल्ला सचिव कमरेड मोतिराम खड्काले सञ्चालन गर्नु भएको थियो । कोणसभालाई पार्टीका स्थायी समिति सदस्य कमरेड कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो । उहाँले आफनो सम्वोधनमा “अहिले यथास्थितिवादी र प्रतिगमनकारी दुवै पक्षबाट देशले निकास पाउन नसक्ने बताउनु भयो । हामीले अव अग्रगामी कार्यदिशा सहितको जनगणतन्त्र स्थापनाका लागी पहल गर्नु पर्ने र क्रान्तिकारी शक्तिहरू एक ठाउँमा संगठित हुन पर्ने विषयमा जोड दिनु भएको थियो ।”
साथै ४ नम्बर व्यूरो सचिव तथा वैकल्पिक पिबिएम कमरेड निरज के सी ले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा कलाकार वन्दना खड्काले ’ खोइ हाम्रा लाल सेना ’ बोलको गितमा नृत्य प्रस्तुति गर्नु भएको थियो ।

राडी बजारबाट वाँफीकोट गाँउ पालिका जाँदै गर्दा घारी खोलाको उकालोमा वाल पेन्टिङ गरियो । वाँफिकोट–७ को नदुवाभञ्ज्याङमा पर्चा वितरण र वाल पेन्टिङ गरियो । मग्मामा पनि वाल पेन्टिङ गरियो । मग्मा चोकबजारमा पनि पर्चा वितरण र वाल पेन्टिङ गरियो ।
वाँफीकोट–४ को छिन्खेत बजारमा पर्चा वितरण गर्नुका साथै कोणसभा सम्पन्न भयो । कोणसभाको सञ्चालन जिल्ला सचिव कमरेड मोतिराम खड्काले गर्नु भएको थियो भने कोणसभालाई वैकल्पिक पिबिएम तथा ४ नम्बर व्यूरो सचिव कमरेड निरज के सीले सम्बोधन गर्नु भएको थियो । सम्वोधनका क्रममा उहाँले रुकुममा हाम्रो अगाडि हात्ती छाप चप्पल लगाएर हिँड्नेहरु नव धनाढ्य भएकाछन् । उनीहरूले जनताको भावना र जनताको बलिदानलाई बिर्सिएर संसदवादी दलालमा परिणत भैसकेका छन् भन्नु भयो । कार्यक्रममा कलाकार वन्दना खड्काले ’ खोइ हाम्रा लाल सेना ’ बोलको गितमा नृत्य प्रस्तुति गर्नु भएको थियो ।

सानीभेर गाँउ पालिकाको सिम्ली बजारमा अर्को कोणसभा सम्पन्न भएको छ । अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले संचालन गर्नु भएको उक्त कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले सम्बोधन गर्नु भएको थियो । उहाँले यो व्यवस्थामा दलहरुको गैर राजनीतिक चरित्र र उनीहरूको भ्रष्ट कार्यशैलीका कारण राजावादीहरु मुन्टो उठाउन खेजेता पनि, ईतिहासको गती उल्टो तर्फ न फर्कने हुदाँ प्रतिगमनकारीलाई सपना नदेख्न सुझाव दिनु भयो ।































