हैदरावादको तान्दुरमा नेपाली मजदुरहरुको एरिया समिति गठन

हैदरावादको तान्दुरमा नेपाली मजदुरहरुको एरिया समिति गठन

 

हैदरावाद । भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति अन्तर्गत मिति २०२५ अप्रिल ५ का दिन उत्तर हैदरावाद नगर समिती अन्तर्गत पर्ने तान्दुर एरियामा एरिया समिति गठन भएको छ । अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिका कोषाध्यक्ष गोविन्द केसीको पहलमा गंगा बहादुर जिसीको सक्रियतामा नेपाली मजदुरहरुको बीचमा भेला गरी ७ सदस्यीय तान्दुर एरिया समितिको गठन गरिएको छ । जसको अध्यक्षमा – गंगा बहादुर जिसी, सचिव देवी जिसी ,कोषाध्यक्ष हर्क बहादुर केसी, सदस्यहरुमा गोपाल बहादुर क्षेत्री ,दुर्गा जिसी, कर्ण बहादुर जिसी हुनुहुन्छ भने एक स्थान रिक्त रहेको छ ।