७ अप्रिल हरियाना सोनिपत । अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय समिती अन्तर्गत सोनिपत नगर समितिको पुनर्गठन भेला ६ अप्रेल २०२५ का दिन यटलस रोड सागर होटलमा प्रकाश शर्माको अध्यक्षता, रामप्रसाद भुसालले सन्चालनमा सम्पन्न भएको छ । सो भेलामा प्रमुख अतिथी केन्द्रीय सचिव नारायण शर्मा हुनुहुन्थ्यो ।
अतिथीहरुमा केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव सम्भु थापा, सोमिपत भुपु अध्यक्ष मोम बहादुर जि एम, महिला विभाग केन्द्रीय सदस्य मिना थापा , आमन्त्रित महिला अथिति हुम्कला घर्ती, विस्नु बराल हुनु हुन्थ्यो ।कार्यक्रमा सहिदहरुको सम्झनामा एकमिनेट मौनधाारण पछि अनिसा बरालले स्वागत गर्नु भएको थियो । सो भेलाले १५ सदस्यीय रहेको समिती चयन गरेको छ । जसमा अध्यक्ष प्रकाश शर्मा, उपाध्यक्ष लब बहादुर थापा, सचिव रामप्रसाद भुसाल, सहसचिव दिवस शर्मा , कोषाध्यक्ष बिस्नु थापा र सदस्यहरुमा सावित्री रायमाझी , निशा पुन, लक्ष्मी प्रजापति , तारा न्यौपाने, रुपा भुशाल, अनिशा बराल, मोतिसरा बराल, मिना थापा, लक्ष्मी थापा हुनुहुन्छ । एक स्थान खाली रहेकोे छ ।
यसैगरी सोही दिन महिला नगर विभागको पनि गठन गरिएको छ । जसमा अध्यक्ष तारा शर्मा, सचिव अनिशा बराल, कोषाध्य्क्ष सावित्रा रायमाझी, सदस्यहरुमा निशा पुन, मोतिसरा बराल, लक्ष्मी प्रजापति, मुना थापा, सुनिता थापा, रुपा भुशाल, मिना थापा, लक्ष्मी थापा, जमुना थापा, नेहा शर्मा, कमला थापा,गिता काफ्ले, गङ्गा पान्डे रहनु भएको छ । कार्यकारी समितिलाइ केन्द्रीय सचिव नारायण शर्मा, सदस्य श्म्भु थापा भुपु अध्यक्ष मोम बहादुर घर्तिमगर र हुम्कला घर्तिमगर्ले सुभकामना तथा बधाइ दिनु भएको थियो ।