३५ औं जनआन्दोलन दिवस दुई नम्बर अभियान टोलीले सिराहा कटारी चोकमा मनायो

३५ औं जनआन्दोलन दिवस दुई नम्बर अभियान टोलीले सिराहा कटारी चोकमा मनायो

चैत्र २४ सिराहा । अभियानको एक्काइसौं दिन अर्थात् चैत्र २४ गते दुई नम्बर अभियान टोलीले सिराहा जिल्ला मिर्चैयाको कटारी चोकमा ३५ औं जनआन्दोलन दिवस मनाइएको छ । कार्यक्रमको संचालन मजदुर नेता एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य रंगवीर दोङले गर्नुभएको थियोे । जनआन्दोलन दिवसबारे र पार्टीको जनसम्बन्ध अभियान बारे पार्टीको केन्द्रिय सदस्य तथा किसान नेता क्षेत्र बहादुर थापाले मन्तव्य राख्नुभएको थियो । बैकल्पिक पिपिएम एवम् १४ नम्बर ब्यूरो सचिव गगनले समेत जन आन्दोलनबारे मन्तव्य राख्नुभएको थियोे ।

यस अघि चैत्र २४ गतेको पहिलो कार्यक्रम सिराहा जिल्ला गोलबजार न पा वडा नम्बर ६ सैनिक चोकमा कोणसभा गरेको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको थियोे । सभालाई पार्टी पोलिट ब्यूरो सदस्य कृष्ण देव सिंह दनुवारले सम्बोधन गर्नुभएको थियोे ।
सोही दिन सिराहा गोलबजार नपा वडा नम्बर २ लालपुर चोकमा दोस्रो कोणसभा गरिएको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको थियो भने अभियानबारे बाबुराम सुवेदीले मन्तव्य राख्नुभएको थियो ।


तेस्रो कोणसभा गोलबजार नपा वडा नम्बर ३ मुसर्निया मास्टर आखे चोकमा भयो । सभाको संचालन बाबुराम सुवेदीले गर्नुभएको थियो । अभियानबारे गगनले प्रष्ट पार्नुभएको थियो । गोलबजार ३ नम्बर भाङबारीमा बस्तिमा भेटघाट तथा छलफल गर्दै भित्तेलेखन गरिएको छ । सदाहरुको बस्तिमा पिडिसभा भएको छ । बस्तीका महिलाहरु, किसानहरु उपस्थिति भएर पार्टीको नेता कृष्णदेव सिंह दनुवारले उहाँहरुलाई प्रशिक्षण सहित सचेतना गराउदै जागरण गराउने काम भयो ।
चौथो कार्यक्रम विष्णुपुर गाउँपालिका १,विष्णुचोकमा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन किसान नेता तथा पार्टीको केन्द्रिय सदस्य क्षेत्र बहादुर थापाले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको पि बि एवम् १३ नम्बर ब्यूरो इन्चार्ज कृष्ण देव सिंह दनुवारले गर्नुभएको हो ।
पाचौं कोणसभा कल्याणपुर नपा ११ कल्याणपुर बजारमा सम्पन्न गरियो । सभाको संचालन क्षेत्रबहादुर थापाले गर्नुभएको थियो भने सभालाई एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले सम्बोधन गर्नु भएको थियो ।
छैटौं कोणसभा कर्जन्हा न पा २, बन्दिपुर बजारमा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन कृष्ण देव सिंह दनुवारले गर्नुभएको थियो । सभालाई सम्बोधन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले रसम्बोधन गर्नु भएको थियो । सातौं कार्यक्रमका रुपमा माथि उल्लेख गरेझै ३५ औं जनआन्दोलन दिवस मनाइएको थियो ।