चैत्र २४ दांग । हेमन्त प्रकाश ओली नेतृत्वको अभियान टोली नं. ४ले घोराही उपमहानगरपालिकाको रतनपुरमा बस्दै आउनु भएकी ,१०० वर्ष उमेर पुग्नु भएकी क्रान्तिकारी कम्युस्टि पार्टी नेपालका महासचिव मोहनवैद्य किरणकी आमा जानकी वैद्यसँग भेटघाट गरेको छ ।
सोही दिन घोराही स्थित मालाइन होटेलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त पत्रकार भेटघाटमा अभियान टोली प्रमुख तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले अभियानको महत्वबारे प्रकाश पार्नु भएको थियो । अभियान टोलीले दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सङ्ग पनि भेटघाट गरेको छ । ऐतिहासिक जनआन्दोलन दिवस चैत्र २४लाई घोराहीमा कोणसभा सम्पन्न गरी टोलीले मनाएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली र पोलिटब्युरो सदस्य धनेश्वर पोख्रेलले सम्वोधन गर्नु भएको थियो । कार्यक्रर्म सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला सचिवालय सदस्य तिलक बि क ले गर्नु भएको थियो ।