चैत्र २४ रामेछाप । चैत्र २४ गते ३५ औं ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा बेथान मोर्चाका अमर सहिदहरुको स्मरणमा निर्मित तिफदि सहिद पार्कबाट सहिदका सपना पूरा नहुन्जेल अबिचलित क्रान्तिप्रतिको प्रतिबद्धता सहित शुरु भएको अभियानको क्रममा घरदैलो, पर्चा, अन्तरक्रिया, कोणसभा, भित्तेलेखन गर्दै सुनापाति ४ नं. वडा कार्यालयमा अवस्थित बाबुराम लामासहित ६ जना स्मरणमा निर्मित शहिद पार्कमा जनआन्दोलन दिवश सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पिविएम तथा १० नं. ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । घरदैलो, पर्चा, अन्तरक्रिया, कोणसभा, भित्तेलेखनआदिको रुट ः हिलेदेवी–साँदी डाँडा, बेथान– पानीघाट, भलबादी, डहु, भ्वाँसा, खनियाँपानी–कटुञ्जेसम्म रहेको जानकारी दिइएको छ ।