चैत्र २४ गते खलंगा ।
खलंगाको ठाँटी बजारमा चिया पान , काँले गाँउ र रावत गाँउमा वाल पेन्टिङ र व्यापकरुपले पर्चा वितरण भयो । त्यसपछि भेरी नगरपालिका–१को रिम्न बजारमा कोणसभा सम्पन्न भयो । कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम कमरेड जितामित्र सुनारले सम्वोधन गर्नु भएको थियो । सञ्चालन जिल्ला सचिव कमरेड विरेन्द्र सुनार (वरुण)ले गर्नु भएको थियो ।

बारकोट गाउँपालिका–२ लिम्सा बजारमा कोणसभा सम्पन्न भयो । कोणसभालाई पार्टीका जिल्ला सचिव कमरेड विरेन्द्र सुनार(वरुण)ले सञ्चालन गर्नु भएको थियो । सम्बोधन अभियान टोली सदस्य तथा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कमरेड दिपक बिष्टले गर्नु भएको थियो । बजारमा वाल पेन्टिङ र पर्चा वितरण व्यापकरुपले गरिएको थियो ।

टोलीले कोणसभा पछि बारेकोट गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरीसँग भेटघाट छलफल गरेको छ । पार्टीको जनसम्बन्ध विस्तार अभियानको उदे्श्य र तात्कालिक राजनैतिक परिस्थितिका बारेमा कमरेड कृष्ण पौडेलले विषय राख्नु भएको थियो । टोलीले गाँउपालिका बजेटको कार्यान्वयन, बजेट प्राथमिकता, त्याहाँको जनजीवन र स्थानीय सरकारको भूमिकाको बारेमा छलफल गरेको थियो ।

अभियान टोली साँझको बास बारेकोट गाँउपालिका –८ को सेवखोलामा वार्ड अध्यक्ष योगेन्द्र सिंहको घरमा बसेको थियो । टोलीले नालघाट हाइड्रोपावरको विषयमा र स्थानीय जनसरकारको भूमिकाको बारेमा छलफल गरेको थियो ।































